काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सन्तोष प्रसाई नियुक्त भएका छन् ।
कम्पनी संचालक समितिको बिहीबार (वैशाख २२ गते) बसेको बैठकले प्रसाईलाई रिक्त सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
कम्पनीले उनलाई आगामी ४ वर्षका लागि सीईओमा नियुक्त गरेको हो । प्रसाई यसअघि प्रभु लाइफको विज्ञका रुपमा नियुक्त भएका थिए।त्यसअघि उनी नेपाल लाइफ इन्स्योरेन्सको सीईओ थिए । नेपाल लाइफमा कार्यकाल बाँकी छँदै राजीनामा दिएका थिए।
प्रसाईसँग नियामक निकाय बीमा समितिमा समेत काम गरेको अनुभव छ । उनी चार्टर्ड एकाउन्टेन्ट पनि हुन्।