भारतमा २०० मेगावाट बिजुली बेच्न टेन्डर आह्वान

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले भारतमा बिजुली बेच्नका लागि टेन्डर आह्वान गरेको छ । वर्षायाममा नेपालमा खपत हुन नसकेको बिजुली भारतमा बेच्न प्राधिकरणले टेण्डर आह्वान गरेको हो ।

 

शुक्रबार टेण्डर आह्वान गर्दै प्राधिकरणले २०० मेगावाट विद्युत बेच्न भारतीय कम्पनीहरुसँग प्रस्ताव माग गरेको छ । वर्षायाममा नेपालमा नदीको सतह बढ्ने भएकाले आवश्यकता भन्दा बढी उत्पादन हुने गरेको छ ।

 

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार भारतको केन्द्रीय विद्युत् नियमन आयोगले विद्युत् व्यापारका लागि अनुमति दिएका ट्रेडिङ, विद्युत् वितरण कम्पनीलगायतले खरिदका लागि प्रतिस्पर्धामा सहभागी हुन पाउने छन् ।

 

आगामी १३ जेठ मध्यान्ह १२ बजेसम्म विद्युत खरिद गर्न इच्छुक कम्पनीहरुले प्रस्ताव पेस गर्न सक्नेछन् । टेन्डरमा छनोट भएका कम्पनीहरुलाई १ जुलाईदेखि विद्युत बेच्ने उनले बताए । घिसिङका अनुसार नेपालले भारतीय बजारमा ३६४ मेगावाटसम्म विद्युत विक्रीका लागि स्वीकृति पाएको छ ।

 

भारतले नेपालका ६ वटा विद्युत्गृहबाट उत्पादित बिजुली भारतीय बजारमा विक्रीका लागि प्राधिकरणलाई अनुमति दिएको छ । नेपालका १४४ मेगावाटको ‘कालीगण्डकी ए’, ७० मेगावाटको मध्यमस्र्याङ्दी, ६९ मेगावाटको मस्र्याङ्दी, ५२.४ मेगावाटको लिखु–४, २४ मेगावाटको त्रिशूली र १५ मेगावाटको देवीघाट विद्युत्गृहबाट उत्पादित ३९ मेगावाट विद्युत् भारतमा बेच्न अनुमति पाएका छन् ।

 

प्रभु लाइफ इन्स्योरेन्सको सीईओमा सन्तोष प्रसाई नियुक्त Read Previous

प्रभु लाइफ इन्स्योरेन्सको सीईओमा सन्तोष प्रसाई नियुक्त

राष्ट्रिय गौरवका सडक आयोजनाले पाए ५५ अर्बको बजेट सिलिङ, कुनले कति ? Read Next

राष्ट्रिय गौरवका सडक आयोजनाले पाए ५५ अर्बको बजेट सिलिङ, कुनले कति ?