वैशाख ३० गते आन्तरिक हवाई उडान पनि बन्द हुने

काठमाडौं । स्थानीय तहको निर्वाचन हुने दिन ३० वैशाखमा आन्तरिक तर्फका उडान नहुने भएको छ । निर्वाचनको दिन सबै सार्वजनिक यातायात बन्द हुने भएसँगै आन्तरिक हवाई सेवा पनि बन्द हुने भएको हो ।

 

यद्यपि, सो दिन अन्तर्राष्ट्रिय हवाई उडान भने नियमित हुनेछ । आन्तरिक हवाई सेवा प्रदायक कम्पनीहरुले सो दिन उडान नहुने जानकारी गराएका छन् ।

 

बुद्ध एयरले ट्राभल एलर्ट जारी गरी चुनावका दिन उडान नहुने जानकारी गराएको छ । यस्तै, यती एयरलाइन्सले पनि सो दिन उडान नहुने जनाएको छ । साथै, अन्य कम्पनीहरुले पनि उडान नगर्ने जनाएका छन् ।

 

निर्वाचन आयोगले यो दिन विदेश जाने यात्रुको सहजिकरणका लागि सवारी साधनलाई समेत चल्ने व्यवस्था मिलाउन सरकारलाई पत्राचार गरेको छ ।

 

सो दिन सार्वजनिक यातायात चलाउन नपाइने भए पनि निजी सवारीसाधन भने जिल्ला प्रशासन कार्यालयबाट पास लिएर चलाउन पाइने छ ।

चुनावपछि भाउ बढ्ने हल्लाले ग्यास लुकाउँदै व्यापारी, १० विक्रेता कारबाहीमा Read Previous

चुनावपछि भाउ बढ्ने हल्लाले ग्यास लुकाउँदै व्यापारी, १० विक्रेता कारबाहीमा

चुनावका दिन सार्वजनिक गाडी नचल्ने, यी सवारीसाधन पास लिएर चलाउन पाइने Read Next

चुनावका दिन सार्वजनिक गाडी नचल्ने, यी सवारीसाधन पास लिएर चलाउन पाइने