चुनावका दिन सार्वजनिक गाडी नचल्ने, यी सवारीसाधन पास लिएर चलाउन पाइने

काठमाडौं । वैशाख ३० गते स्थानीय तहको चुनाव हुने दिन सार्वजनिक सवारीसाधन चलाउन नपाइने भएको छ । निर्वाचन आयोगका अनुसार सो दिन अत्यावश्यक सेवाका बाहेक सवारीसाधन चलाउन नपाइने भएको हो ।

 

सार्वजनिक बाहेक काम विशेषले सञ्चालन गर्नुपर्ने सवारीले अनिवार्य रूपमा जिल्ला निर्वाचन अधिकृतको कार्यालयबाट पास लिनुपर्नेछ ।पास बिनाका सवारीसाधन चलाउन रोक लगाउन आयोगले सरकारलाई आग्रह गरेको छ ।

 

आयोगका अनुसार एम्बुलेन्स, खानेपानीको ट्याङ्कर, दमकल, दूरसञ्चार सेवा, शव बाहन, अस्पताल सेवा तथा विद्युत सेवा जस्ता अत्याश्यक सेवा र कुटनीतिक नियोग (नम्बर प्लेटमा सिडी) उल्लेख भएको कुटनीतिक नियोगको सवारीसाधनले पास लिनुपर्दैन।

 

यस्तै, शारीरिक अपाङ्गता भएका व्यक्तिहरुलाई पनि मतदान केन्द्रसम्म पुग्न सवारीको प्रयोग गर्न पाउने छन् । यस्तै अन्तर्राष्ट्रिय हवाई उडानको माध्यमबाट यात्रा गर्ने यात्रुले पासपोर्ट, भिसा र हवाई टिकटको माध्यमबाट विमानस्थलसम्म र विमानस्थलदेखि बासस्थानसम्म आवागमन गर्न दिने भएको छ।

 

यस्तै, अन्य सवारी साधनहरुलाई पनि सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीले अनुमति दिने गरी अधिकार दिइएको छ। पत्रकारको हकमा काठमाडौं उपत्यकामा सूचना विभागको कार्डका आधारमा प्रमुख जिल्ला अधिकारीले अनुमतिपत्र जारी गर्नेछ।

 

मतदानका दिन दैनिक उपभोगका वस्तु बोक्ने तथा अत्यावश्यक सवारी साधनको लागि अनुमति लिनु नपर्ने आयोगले जनाएको छ ।

 

वैशाख ३० गते आन्तरिक हवाई उडान पनि बन्द हुने Read Previous

वैशाख ३० गते आन्तरिक हवाई उडान पनि बन्द हुने

अक्टोबरदेखि दिल्लीमा बिजुलीमा पनि अनुदान, माग गर्नेले मात्र पाउने Read Next

अक्टोबरदेखि दिल्लीमा बिजुलीमा पनि अनुदान, माग गर्नेले मात्र पाउने