सार्थक हुँदै नबिल र बंगलादेश बैंकको एक्वीजिसन, स्वाप रेसियो औपचारिक रुपमा स्वीकृति गरिँदै

काठमाडौं । एक्वीजिसनका लागि सम्झौता गरेका नबिल र नेपाल बंगलादेश बैंकले सेयर अनुपातमा औपचारिक स्वीकृति दिने भएका छन् । दुवै बैंकको संञ्चालक समितिले स्वाप रेसियो स्वीकृतिका लागि शनिबार विशेष साधारण सभा बोलाएका हुन् ।

 

यसअघि सहमति भएको सेयर अनुपात बंगलादेशको १०० कित्ता बराबर नबिल बैंकको ४३ कित्तालाई साधारणसभाले स्वीकृति दिने भएको हो ।

 

‘नेपाल बैंक लिमिटेडले नेपाल बंगलादेश देश लिमिटेडलाई प्राप्ति गर्ने सिफारिस गरिएको शेयर आदानप्रदान अनुपातमा व्यावसायिक व्यवसायको प्रतिष्ठा, क्षमता, दक्षता तथा बजार उपस्थिति मुनाफा वितरणको इतिहास सेयर बजार मूल्यसा आधारमा नेपाल पहलादेश बैंक लिमिटेडको १०० कित्ता सेयर बराबर उक्त कम्पनी बैंक लिमिटेडको ४३ कित्ता प्रदान गर्ने गरी नेपाल बङ्गलादेश बैंक लिमिटेडलाई प्राप्ति गर्न स्वीकृति प्रदान गर्ने,’ नबिल बैंकले भनेको छ ।

 

२९ पुस २०७८ मा नबिल बैंक र नेपाल बंगलादेशले गाभ्ने/गाभिने (एक्वीजिसन)सम्बन्धी प्रारम्भिक सम्झौतामा हस्ताक्षर गरेका थिए ।

 

नबिल बैंकका संञ्चालक अर्बपति बिनोद चौधरीले आफ्नी श्रीमतीका नाममा नेपाल बंगलादेश बैंकको सेयर खरिद गरेपछि प्राप्तिका लागि सहमति भएको थियो । नबिल बैंकले प्राप्ति गरेपछि अब छिट्टै एकीकृत कारोबार गर्ने तयारीमा छन् ।

 

नेपाली वित्तीय क्षेत्रमा पछिल्लो दुई वर्षको अवधिमा भएको यो तेस्रो बिग मर्जर प्रयास भएपनि दोस्रो सार्थक हो । २ वर्ष अघि ग्लोबल आइएमई बैंकले जनता बैंकलाई गाभेको थियो ।यसैगरी, गत वैशाख ३० गते नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंक बीच मर्जर सम्झौता भएर ३० पुसमा भाँडिएको थियो ।

तेह्रथुम पावरको नोक्सानी घट्यो, यस्तो छ वित्तीय अवस्था Read Previous

तेह्रथुम पावरको नोक्सानी घट्यो, यस्तो छ वित्तीय अवस्था

चुनावपछि भाउ बढ्ने हल्लाले ग्यास लुकाउँदै व्यापारी, १० विक्रेता कारबाहीमा Read Next

चुनावपछि भाउ बढ्ने हल्लाले ग्यास लुकाउँदै व्यापारी, १० विक्रेता कारबाहीमा