तेह्रथुम पावरको नोक्सानी घट्यो, यस्तो छ वित्तीय अवस्था

काठमाडौं । तेह्रथुम पावर कम्पनीको वित्तीय अवस्थामा सुधार आएको छ । कम्पनीको विद्युत विक्रीबाट प्राप्त हुने आम्दानी बढेसँगै नोक्सानी घटेको हो ।

 

कम्पनीले शुक्रबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय अनुसार चैतसम्म ५ लाख १२ हजार रुपैयाँ नोक्सानीमा रहेको छ । जबकी गत वर्षको सोही अवधिमा कम्पनीको नोक्सानी ४ करोड ३८ लाख रुपैयाँ थियो ।

 

कम्पनीले बिजुली विक्रीबाट हुने आम्दानी दोब्बरले बढेरे ५ करोड २५ लाख रुपैयाँबाट १० करोड ६३ लाख रुपैयाँ पुगेको छ ।

 

हाल यसको ४० करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको रिजर्भ कोष भने ९ करोड ७७ लाख रुपैयाँ ऋणात्मक छ । समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ०.१७ रुपैयाँ ऋणात्मक छ भने प्रतिसेयर नेटवर्थ ७६ रुपैयाँ रहेको छ ।

 

कम्पनीले हाल तेह्रथुम जिल्लामा ७.५ मेगावाटको अपर खोरुङ स्मल हाइड्रोपावर प्रोजेक्ट निर्माण गरिरहेको छ ।

हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्स बीच मर्जरमा जाने सम्झौता, स्वाप रेसियो कति ? Read Previous

हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्स बीच मर्जरमा जाने सम्झौता, स्वाप रेसियो कति ?

सार्थक हुँदै नबिल र बंगलादेश बैंकको एक्वीजिसन, स्वाप रेसियो औपचारिक रुपमा स्वीकृति गरिँदै Read Next

सार्थक हुँदै नबिल र बंगलादेश बैंकको एक्वीजिसन, स्वाप रेसियो औपचारिक रुपमा स्वीकृति गरिँदै