ग्लोबल आइएमई बैंक र वैकल्पिक ऊर्जा प्रबर्द्धन केन्द्रबीच सम्झौता

काठमाडौं । ग्लोबल आइएमई बैंक तथा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबीच विभिन्न सौर्य मिनी ग्रिड परियोजना निर्माण सम्बन्धी सम्झौता भएको छ ।

 

उक्त समझदारी पत्रमा बुधबार बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य तथा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक डा. मधुसुधन अधिकारीले हस्ताक्षर गरे ।

 

उक्त सम्झौताअनुसार नेपाल सरकार तथा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबीच प्राइभेट सेक्टर लिड मिनी ग्रीड इनर्जी एक्सेस प्रोजेक्ट सम्बन्धमा सम्पन्न भएको सहायक ऋण सम्झौता बमोजिम आयोजना कार्यान्वयनका लागि केन्द्रले बैंकलाई रकम उपलब्ध गराउने छ ।

 

उक्त रकम ग्लोबल आईएमई बैंकले सौर्य मिनी ग्रिड परियोजना निर्माणरजडान तथा विद्युत् वितरण गर्न ऋणको रूपमा उपलब्ध गराउने छ ।

 

बैंकले यस्ता किसिमका परियोजनाहरुमा लगानी गर्नुका साथसाथै साना तथा मझौला व्यवसायलाई प्रबद्र्धन गर्न विभिन्न वित्तीय सुविधाहरु प्रदान गर्दै व्यवसाय वृद्धिको लागि सहयोग गर्ने लक्ष्य अनुसार यस सम्भौताअन्तर्गत देशको दुर दराजमा सञ्चालन हुने साना परियोजनाहरु विभिन्न बैंकिङ्ग सुविधा प्रदान गर्ने छ ।

 

ग्लोबल आइएमई बैंकले मुलुकभर तथा मुलुक बाहिर गरी सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले ७६ जिल्लामा बैंकको २८८ शाखा, २५९ एटीएम, २७५ शाखा रहित बैंकिङ्ग सेवा, ५१ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८७० सेवा केन्द्रबाट २८ लाख भन्दा बढि ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।

 

त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, यूईए, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।

नारायणघाट-बुटवल सडक : काम सक्नुपर्ने बेलामा रुख कटान पनि सकिएन, २ वर्ष म्याद थप्न माग Read Previous

नारायणघाट-बुटवल सडक : काम सक्नुपर्ने बेलामा रुख कटान पनि सकिएन, २ वर्ष म्याद थप्न माग

सनराइज बैंकका ग्राहकले अन्नपूर्ण केबलकारमा १० प्रतिशत छुट पाउने Read Next

सनराइज बैंकका ग्राहकले अन्नपूर्ण केबलकारमा १० प्रतिशत छुट पाउने