सनराइज बैंकका ग्राहकले अन्नपूर्ण केबलकारमा १० प्रतिशत छुट पाउने

काठमाडौं । सनराइज बैंकका ग्राहकहरुले पोखरास्थित अन्नपूर्ण केबलकारमा विशेष छुट पाउने भएका छन्।

 

बैंकले आफ्ना ग्राहकहरुको सहजता तथा सुविधालाई मध्येनजर गर्दै केबलकार सुविधा प्रयोग गरे बापत छुट दिने बारे सम्झौता गरेको हो ।

 

सम्झौता अनुसार बैंकका ग्राहकहरुले अन्नपूर्ण केबलकारको टिकट खरिद गर्दा बैंकको डेबिट वा क्रेडिट कार्डको माध्यमबाट भुक्तानी गर्दा १० प्रतिशत छुट पाउने छन् ।

 

बैंकले ‘स्मार्ट बनौं, डिजिटल बैंकिङ गरौं’ अभियान अनुरुप आफ्ना ग्राहकहरुलाई नगद कारोबारबाट डिजिटल कारोबारमा जान उत्प्रेरित गर्दै आएको छ।

ग्लोबल आइएमई बैंक र वैकल्पिक ऊर्जा प्रबर्द्धन केन्द्रबीच सम्झौता Read Previous

ग्लोबल आइएमई बैंक र वैकल्पिक ऊर्जा प्रबर्द्धन केन्द्रबीच सम्झौता

बजेटमा नागरिकका सुझाव : पैसा उठाएर हाइड्रो बनाउनेदेखि बैंकर र व्यवसायी छुट्याउनेसम्म माग Read Next

बजेटमा नागरिकका सुझाव : पैसा उठाएर हाइड्रो बनाउनेदेखि बैंकर र व्यवसायी छुट्याउनेसम्म माग