१ अर्ब निक्षेप थपिँदा ३ अर्ब कर्जा लगानी

काठमाडौं । वैशाख तेस्रो सातामा बैंकिङ प्रणालीमा १ अर्ब निक्षेप थपिएको छ । नेपाल बैंकर्स संघका अनुसार वैशाख १० गतेदेखि १६ गतेसम्मको अवधिमा उक्त निक्षेप थपिएको हो ।

 

वैशाखकोे सुरुका दुई सातामा २२ अर्ब निक्षेप बाहिरिएको तेस्रो साता भने १ अर्ब थपिएको हो । संघको तथ्यांक अनुसार वैशाख ९ गतेसम्म ४३ खर्ब ६७ अर्ब रहेको निक्षेप १६ गते आइपुग्दा बढेर ४३ खर्ब ६८ अर्ब पुगेको थियो । वैशाख पहिलो साता १२ अर्ब र दोस्रो साता १० अर्ब निक्षेप बाहिरिएको थियो ।

 

गत साता बैंकिङ प्रणालीमा १ अर्ब निक्षेप थपिँदा ३ अर्ब कर्जा विस्तार भएको संघले जनाएको छ । वैशाख तेस्रो सातासम्म वाणिज्य बैंकहरुको कुल कर्जा लगानी ४१ खर्ब ९७ अर्ब रुपैयाँ रहेको छ ।

 

अर्थतन्त्र संकटको कारक : कुशासन र कच्चा नीति Read Previous

अर्थतन्त्र संकटको कारक : कुशासन र कच्चा नीति

पाँचथर पावरको खुद नाफा साढे ४ गुणाले वृद्धि, यस्तो छ वित्तीय अवस्था Read Next

पाँचथर पावरको खुद नाफा साढे ४ गुणाले वृद्धि, यस्तो छ वित्तीय अवस्था