काठमाडौं । पाँचथर पावर कम्पनीलेको खुद नाफा साढे ४ गुणा बढीले वृद्धि भएको छ । कम्पनीले बिहीबार सार्वजनिक गरेको चालु आवको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार चैतसम्ममा १३ करोड ९१ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
यो गत वर्षको सोही अवधिको तुलानमा ३७०.८० प्रतिशत धेरै हो । गत वर्ष चैतसम्म कम्पनीले २ करोड ९५ लाख रुपैयाँ नाफा कमाएको थियो ।
विद्युत विक्रीबाट हुने आम्दानी बढेसँगै कम्पनी नाफामा उल्लख्य सुधार आएको हो । समीक्षा अवधिमा कम्पनीको विद्युत् विक्रीबाट ३१ करोड ८२ लाख रुपैयाँ आम्दानी गरेको छ । जबकी गत वर्ष यस्तो आम्दानी २२ करोड ७१ लाख रुपैयाँ थियो ।
हाल ९६ करोड २५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा ९ करोड ४० लाख रुपैयाँ संचित छ । समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी १४.४५ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १०९.७७ रुपैयाँ छ ।