काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्स)मा थप एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा बिहीबार महुली लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको हो ।
नेप्सेमा महुलीले गत वर्षको नाफाबाट वितरण गरेको २६ प्रतिशत बोनस बापतको ५ लाख ८२ हजार २५४.४० कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
नेप्सेमा सूचीकृत बोनस सेयर सम्बन्धित सेयरधनीहरुको डिम्याट खातामा जम्मा भएपछि मात्र दोस्रो बजारमा खरिदविक्री गर्न सक्नेछन् ।