काठमाडौं । एनएमबी माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको खुद नाफामा गिरावट आएको छ । लघुवित्तले बिहीबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७८/७९ को तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार १० करोड ५३ लाख ९२ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।
यो गत आवको सोही अवधिको तुलानामा १६.७५ प्रतिशत कम हो । लघुवित्तले गत वर्षको चैत मसान्तसम्म १२ करोड ६५ लाख ९७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
लघुवित्तको खुद ब्याज आम्दानी र संचालन नाफा घट्दा खुद नाफामा पनि गिरावट आएको हो । समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ०.८३ प्रतिशतले घटेर ३३ करोड ७० लाख रुपैयाँमा सीमित भएको छ । यस्तै, सञ्चालन नाफा पनि १६.३६ प्रतिशतले घटेर १६ करोड ७५ लाख रुपैयाँमा झरेको छ ।
समीक्षा अवधिमा लघुवित्तले २ अर्ब निक्षेप संकलन र ३ अर्ब १४ करोड सापटी लिइ कुल ५ अर्ब ८७ करोड कर्जा प्रवाह गरेको छ । हाल ६५ करोड ५८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको जगेडा कोषमा ३४ करोड ५२ लाख संचित रहेको छ ।
समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानीमा ९.८४ रुपैयाँले घटेर २१.४३ रुपैयाँमा सीमित भएको छ । समीक्षा अवधिमा लघुवित्तको खराब कर्जा भने ३.४७ प्रतिशतबाट बढेर ४.०६ प्रतिशत पुगेको छ । यस्तै, लघुवित्तको प्रतिसेयर नेटवर्थ १५२.६४ रुपैयाँ रहेको छ ।