त्रिभुवन विमानस्थलमा बम राखेको भन्दै फोन आयो, आन्तरिक उडान बन्द

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान केही समयका लागि बन्द गरिएको छ । विमानस्थल परिसरमा बम रहेको भन्दै अज्ञात व्यक्तिले फोन गरेपछि आन्तरिक उडानका सबै यात्रुहरुलाई विमानस्थल बाहिर निकालिएको हो ।

 

आज विहानै एक अज्ञात व्यक्तिले टेलिफोन गरी डोमेस्टिक टर्मिनलमा ६ वटा बम रहेको भनेपछि सबै यात्रुलाई बाहिर निकालेर सर्च अप्रेसन जारी राखेको विमानस्थल कार्यालयले जनाएको छ ।

 

अहिले विमानस्थल परिसरमा तालिमप्राप्त कुकुरसहितका सुरक्षाकर्मीहरुले सर्च गरिरहेका छन् । साथै नेपाली सेनाको बम डिस्पोजल टोली पनि विमानस्थलमा पुगेको छ ।

 

बम आतंकले गर्दा आन्तरिक उडान बन्द गरिए पनि अन्तर्राष्ट्रिय उडानहरु नियमित रुपमा भइरहेको विमानस्थल कार्यालयले जनाएको छ ।

 

जीवन विकास लघुवित्तको प्रतिसेयर आम्दानीमा उच्च गिरावट, यस्तो छ वित्तीय अवस्था Read Previous

जीवन विकास लघुवित्तको प्रतिसेयर आम्दानीमा उच्च गिरावट, यस्तो छ वित्तीय अवस्था

त्रिभुवन विमानस्थलमा बम राखिएको हल्ला मात्रै, केही भेटिएन, पुनः उडान संचालन गरिँदै Read Next

त्रिभुवन विमानस्थलमा बम राखिएको हल्ला मात्रै, केही भेटिएन, पुनः उडान संचालन गरिँदै