जीवन विकास लघुवित्तको प्रतिसेयर आम्दानीमा उच्च गिरावट, यस्तो छ वित्तीय अवस्था

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाको खुद नाफामा सामान्य वृद्धि भएको छ । लघुवित्तले बुधबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७८७९ को तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार ५७ करोड ५७ लाख ९८ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

 

यो गत आवको सोही अवधिको तुलानामा २.४२ प्रतिशतले बढी हो । लघुवित्तले गत वर्षको चैत मसान्तसम्म ५६ करोड ३९ लाख ३९ रुपैयाँ खुद नाफा कमाएको थियो ।

 

लघुवित्तको खुद ब्याज आम्दानी र संचालन नाफा बढ्दा खुद नाफा पनि बढेको हो । समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २०.३८ प्रतिशतले बढेर १ अर्ब २० करोड ६९ लाख रुपैयाँ पुगेको छ । यस्तै, सञ्चालन नाफा पनि १०५.७६ प्रतिशतले बढेर ६० करोड २६ लाख रुपैयाँ पुगेको छ ।

 

समीक्षा अवधिमा लघुवित्तले ९ अर्ब ५ करोड निक्षेप संकलन र ९ अर्ब ८२ करोड सापटी लिइ कुल २२ अर्ब ८३ करोड कर्जा प्रवाह गरेको छ । हाल १ अर्ब ३ करोड ४३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको जगेडा कोषमा १ अर्ब ३३ करोड संचित रहेको छ ।

 

समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानीमा उच्च गिरावट आएको छ । गत वर्ष १८३.१० रुपैयाँ प्रतिसेयर आम्दानी रहेको लघुवित्तको यस वर्ष घटेर ७४.४६ रुपैयाँमा सीमित भएको छ । गत वर्षको नाफाबाट ७० प्रतिशत बोनस सेयर लाभांश दिएकाले पूँजी वृद्धि हुँदा लघुवित्तको प्रतिसेयर आम्दानी घटेको हो ।

 

समीक्षा अवधिमा लघुवित्तको खराब कर्जा भने ०.६० प्रतिशतबाट बढेर ०.८३ प्रतिशत पुगेको छ । यस्तै, लघुवित्तको प्रतिसेयर नेटवर्थ २४७.८९ रुपैयाँ, मूल्य आम्दानी अनुपात ४०.१६ गुणा रहेको छ ।

 

लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट सर्वाधिक ७० प्रतिशत बोनस र कर प्रयोजनका लागि ३.६८ प्रतिशत नगद गरी कुल ७३.७८ प्रतिशत लाभांश दिएको थियो ।

निगमको अवस्थामा सुधार : ८ महिनामा साढे ८ अर्ब आम्दानी, गन्तव्य विस्तारमा आक्रमक Read Previous

निगमको अवस्थामा सुधार : ८ महिनामा साढे ८ अर्ब आम्दानी, गन्तव्य विस्तारमा आक्रमक

त्रिभुवन विमानस्थलमा बम राखेको भन्दै फोन आयो, आन्तरिक उडान बन्द Read Next

त्रिभुवन विमानस्थलमा बम राखेको भन्दै फोन आयो, आन्तरिक उडान बन्द