बैंक तथा वित्तीय संस्थाको शाखा ८८०५ पुग्यो, काठमाडौंमा मात्रै ८०३ वटा (सूचीसहित)

काठमाडौं । देशभरमा बैंक तथा वित्तीय संस्थाको शाखा संख्या करिब ९ हजार पुगेका छन् । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार २०७६ को साउन मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाको शाखा संख्या ८ हजार ८०५ पुगेका छन् ।

 

जसमा सबैभन्दा धेरै शाखा वाणिज्य बैंक र लघुवित्त कम्पनीहरुका रहेका छन् । देशभरमा २८ वटा वाणिज्य बैंकका शाखा ३ हजार ६४३ पुगेका छन् । लघुवित्त कम्पनीका शाखा संख्या पनि वाणिज्य बैंकका भन्दा बढी रहेका छन् ।

 

हाल सञ्चालनमा रहेका ९० वटा लघुवित्त कम्पनीका ३ हजार ६६७ वटा शाखा रहेका छन् । यस्तै २९ विकास बैंकका १ हजार २८८ र २३ वटा फाइनान्स कम्पनीका २०७ वटा शाखा रहेका छन् ।

 

काठमाडौंमा मात्र ८०३ शाखा

 

केन्द्रीय राजधानी समेत रहेको काठमाडौंमा बैंक तथा वित्तीय संस्थाका सबैभन्दा धेरै शाखा रहेका छन् । राष्ट्र बैंकका अनुसार काठमाडौंमा बैंक तथा वित्तीय संंस्थाको शाखा संख्या ८०३ रहेका छन् ।

 

जसमा वाणिज्य बैंकका ६३३, विकास बैंकका १४३ र फाइनान्स कम्पनीका ४३ शाखा रहेका छन् । काठमाडौंमा लघुवित्तका कति शाखा छन् भन्ने राष्ट्र बैंकको तथ्यांकमा उल्लेख गरिएको छैन । यस्तै उपत्यकाका ललितपुरमा १७८ र भक्तपुरमा ८९ वटा शाखा रहेका छन् ।

देशभरमा बैंक तथा वित्तीय संस्थाका सबैभन्दा कम शाखा कर्णाली प्रदेशको मुगुमा रहेका छन् । यस जिल्लामा वाणिज्य बैंकका ६ वटामात्र शाखा रहेका छन् भने विकास बैंक र फाइनान्स कम्पनी पुग्न सकेका छैनन् ।

 

प्रदेश ३ मा मात्रै २५ प्रतिशत शाखा

 

प्रदेश ३ मा मात्रै बैंक तथा वित्तीय संस्थाका कूल शाखा संख्याको २५ प्रतिशत शाखा रहेका छन् । यस प्रदेशमा वाणिज्य बैंक, विकास बैंक, फाइनान्स र लघुवित्त कम्पनीका गरी २ हजार २३१ वटा शाखा रहेका छन् ।

 

भौगोलिक रुपमा समेत पीछडिएको कर्णाली प्रदेशमा सबैभन्दा कम शाखा रहेका छन् । यस प्रदेशमा बैंक तथा वित्तय संस्थाका शाखा जम्मा ३५४ वटा मात्र रहेका छन् ।

 

यस्तै प्रदेश १ मा १४५६, प्रदेश २ मा १२२३, गण्डकी प्रदेशमा ११९०, प्रदेश ५ मा १७०४ र सुदूरपश्चिम प्रदेशमा ६४७ वटा शाखा रहेका छन् ।

 

बैंक तथा वित्तीय संस्थाका शाखा कुन जिल्लामा कति ?

 

 

नजिकिँदै गरेको भ्रमण वर्ष र नेपालको पर्यटनको प्रतिस्पर्धात्मक क्षमता Read Previous

नजिकिँदै गरेको भ्रमण वर्ष र नेपालको पर्यटनको प्रतिस्पर्धात्मक क्षमता

सेयर बजारमा तीव्र उतरचडाव, सातमा ५० अंकले बढेर ५२ अंकले घट्यो Read Next

सेयर बजारमा तीव्र उतरचडाव, सातमा ५० अंकले बढेर ५२ अंकले घट्यो