सेयर बजारमा तीव्र उतरचडाव, सातमा ५० अंकले बढेर ५२ अंकले घट्यो

काठमाडौं । यो साता सेयर बजारमा तीव्र उतरचडाव देखिएको छ । साताको दुई दिनमा करिब ५० अंकले बढेर तीन दिनमा ५२ अंकले घटेको छ ।

 

सुरुका दुई दिनमा ३४ अंकले घटेको  बजनर मंगलबार र बुधबार गरी दुई दिनमै झण्डै ५० अंकले बढेको थियो । साताको अन्तिम दिन बिहीबार नेप्से १८ अंकले घटेको छ । समग्रमा बजार सातामा २ अंकले घटेको छ ।

 

आज सेयर बजार मापक सूचक नेप्से १८.१२ अंकले घटेर ११५५.३० अंकमा आइपुगेको छ । आज १६६ कम्पनीको ३९ करोड ९९ लाख ३० हजार ८७१ रुपैयाँको कारोबार भएको छ । १२ लाख २४ हजार ५७२ कित्ता सेयर खरिदबिक्री भएका छन् ।

 

आज कारोबार भएका १६६ कम्पनीमध्येमा १३८ कम्पनीको सेयर मूल्य बढेको छ । मंगलबार ३४ वटा कम्पनीको मात्र सेयर मूल्य बढेको छ भने १३ कम्पनीको मूल्य स्थिर रहेको छ ।

 

कारोबार भएका १२ वटा समूहमध्येमा व्यापार र सामूहिक लगानी कोष समूह बाहेक अरु सबै समूहको सूचक घटेका छन् । आज निर्जीवन बीमा समूहको सूचक सबैभन्दा धेरै १०५.३२ अंकले घटेको छ । वाणिज्य बैंक समूह पनि १४.७९ अंकले घटेको छ ।

 

कारोबार रकमको आधारमा शिबम् सिमेन्टको सेयर शीर्ष स्थानमा रह्यो । यसको ५ करोड २४ लाख ६२ हजार ५७१ रुपैयाँको कारोबार भएको छ ।

 

कारोबारकै आधारमा प्रभु बैंक र सिद्धार्थ बैंक सेयर क्रमशः दोस्रो र तेस्रोमा रहेका छन् । प्रभुको २ करोड ६७ लाख र सिद्धार्थको १ करोड ८१ लाख रुपैयाँभन्दा बढीको सेयर खरिद–बिक्री भएको छ ।

 

आज समता माइक्रोफाइनान्सको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ। यसको मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ भने गुँरास लघुवित्तको सेयर मूल्य भने सबैभन्दा धेरै ८.४६ प्रतिशतले घटेको छ ।

बैंक तथा वित्तीय संस्थाको शाखा ८८०५ पुग्यो, काठमाडौंमा मात्रै ८०३ वटा (सूचीसहित) Read Previous

बैंक तथा वित्तीय संस्थाको शाखा ८८०५ पुग्यो, काठमाडौंमा मात्रै ८०३ वटा (सूचीसहित)

सिमेन्ट उत्पादक संघमा निर्विरोध नयाँ नेतृत्व चयन Read Next

सिमेन्ट उत्पादक संघमा निर्विरोध नयाँ नेतृत्व चयन