सिमेन्ट उत्पादक संघमा निर्विरोध नयाँ नेतृत्व चयन

काठमाडौं। नेपाल सिमेन्ट उत्पादक संघमा नयाँ नेतृत्व चयन भएको छ । संघको आज भएको १६औं साधारणसभाले
८ सदस्यीय कार्य समिति निर्विरोध निर्वाचित गरेको हाे ।

 

संघको अध्यक्षमा ध्रुवराज थापाको पुनः निर्वाचित भएका छन्। उनी कसमस सिमेन्टका संचालक हुन् ।संघको उपाध्यक्षमा अग्नि सिमेन्टका संचालक ताराप्रसाद पोखरेल चयन भएका छन् भने महासचिवमा विशाल सिमेन्टका जयन्द चुडाल निर्वाचित भएका छन्।

 

संघको सदस्यमा युनाईटेड सिमेन्टका विकास दुगड, एमजेपी सिमेन्टका राजेन्द्र भट्टराई, ईन्टरनेशनल सिमेन्टका राजनकुमार झा, केपी सिमेन्टका केशवप्रसाद उप्रेती र शिवम सिमेन्टका सुरेन्द्र गोयल चयन भएका छन्।

सेयर बजारमा तीव्र उतरचडाव, सातमा ५० अंकले बढेर ५२ अंकले घट्यो Read Previous

सेयर बजारमा तीव्र उतरचडाव, सातमा ५० अंकले बढेर ५२ अंकले घट्यो

२ अर्ब बराबरको ‘म्युचअल फण्ड’ आउँदै Read Next

२ अर्ब बराबरको ‘म्युचअल फण्ड’ आउँदै