२ अर्ब बराबरको ‘म्युचअल फण्ड’ आउँदै

काठमाडौं । सेयर बजारमा सामूहिक लगानीका लागि महत्वपूर्ण संयन्त्रका रुपमा रहेको सामूहिक लगानी कोष योजना (म्युचअल फण्ड) अन्तर्गत थप दुई बैङ्कले २० करोड इकाइ बिक्री गर्ने तयारी गरेका छन् ।

 

नेपाल धितोपत्र बोर्डका अनुसार ग्लोबल आइएमई बैङ्कले प्रवद्र्धन गर्न लागेको ‘ग्लोबल आइएमई ब्यालेन्स फण्ड–१’ र लक्ष्मी बैङ्कले प्रवद्र्धन गर्ने ‘लक्ष्मी उन्नति कोष’ बिक्रीका लागि तयारी गरिएको हो ।

 

बोर्डमा छलफलका क्रममा रहेका ती योजनाअनुसार ‘ग्लोबल आइएमई म्युचुअल फण्ड’ अन्तर्गत १ अर्ब २० करोड बराबरको १२ करोड इकाइ बिक्री गरिने छ । त्यस्तै ‘लक्ष्मी म्युचुअल फण्ड’अन्तर्गत ८० करोड रूपैयाँ बराबरको ८ करोड इकाइ बिक्री गरिनेछ ।

 

बोर्डले गत भदौ २३ गतेमात्रै सनराइज बैङ्कले प्रवद्र्धन गरेको ‘सनराइज फस्ट म्युचुअल फण्ड’ योजनाअन्तर्गत १ अर्ब रूपैयाँ बराबरको १० करोड इकाई बिक्री गर्नका लागि स्वीकृति दिएको छ ।

 

नेपाल स्टक एक्सचेन्जमा हाल १७ वटा सामूहिक लगानी कोष योजना सूचीकृत छन् । शेयर बजार निरन्तर ओरालो लागेका कारण अधिकांश योजनाको प्रतिइकाइ मूल्य आधारभूत मूल्यभन्दा कम रहेको छ ।

सिमेन्ट उत्पादक संघमा निर्विरोध नयाँ नेतृत्व चयन Read Previous

सिमेन्ट उत्पादक संघमा निर्विरोध नयाँ नेतृत्व चयन

माछापुच्छ्रे बैंकको साधरण सभा असोज २४ मा, कहिले हुँदैछ बुकक्लोज Read Next

माछापुच्छ्रे बैंकको साधरण सभा असोज २४ मा, कहिले हुँदैछ बुकक्लोज