माछापुच्छ्रे बैंकको साधरण सभा असोज २४ मा, कहिले हुँदैछ बुकक्लोज

काठमाडौं । माछापुच्छ्रे बैंकले असोज २४ गते वार्षिक साधारण सभा बोलाएको छ बैंकको सभा होटल पोखरा, कास्कीमा बिहान ११ बजे सुरु हुनेछ ।

 

बैंकले साधरण सभामा गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई १६ प्रतिशत लाभांश दिने प्रस्ताव मुख्य एजेन्डाको रुपमा पेश गर्नेछ । बैंकले गत वर्षको नाफाबाट ५ प्रतिशत बोनस सेयर र ११ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

 

यस्तै, उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसन गर्न तथा वैदेशिक रणनीतिक साझेदारीमा जानु परेमा सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने, सञ्चालक समितिलाई प्रवन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने अख्तियारी दिने लगायतका सभामा एजेन्डा लैजाने छ ।

 

साधारण सभाका लागि असोज १० देखि असोज २४ गतेसम्म बुक क्लोज हुनेछ । असोज ९ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा सहभागी हुन र लाभांश प्राप्त गर्न योग्य रहनेछन् ।

२ अर्ब बराबरको ‘म्युचअल फण्ड’ आउँदै Read Previous

२ अर्ब बराबरको ‘म्युचअल फण्ड’ आउँदै

विश्वका  १४ देशमा टेलिकमको इन्टरनेट चलाउन पाइने Read Next

विश्वका १४ देशमा टेलिकमको इन्टरनेट चलाउन पाइने