उद्योग परिसंघको महानिर्देशकमा जोशी

काठमाडौं । नेपाल उद्योग परिसंघको महानिर्देशकमा दीपकराज जोशी नियुक्त भएका छन् । परिसंघ पदाधिकारी समितिको २७ औँ बैठकको निर्णयअनुसार जोशीलाई महानिर्देशक नियुक्त गरेको हो ।

 

परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले नवनियुक्त महानिर्देशक जोशीको स्वागत गर्दै ‍सफल कार्यकालका लागि शुभकामना दिएको विज्ञप्तिमा उल्लेख छ ।

 

अध्यक्ष अग्रवालले नेपाली उद्योगहरूको प्रतिनिधिमूलक संस्थाको रूपमा परिसंघले औद्योगिक वातावरण निर्माणमा सक्रियतापूर्वक काम गरिरहेको भन्दै नवनियुक्त महानिर्देशकबाट परिसंघको उद्देश्य हासिल हुने गरी कार्यसम्पादन हुने विश्वास व्यक्त गरेका छन् ।

 

नवनियुक्त महानिर्देशक जोशीले परिसंघले अघि बढाइरहेका अभियानलाई भविष्यमा थप प्रभावकारी बनाउने बताएका छन् । नेपाल पर्यटन बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत जोशी विगत २२ वर्षदेखि विभिन्न जिम्मेवारीमा सक्रिय रहँदै आएका छन् ।

साढे दुई गुणाले बढे विदेशी पर्यटक, एक महिनामै आए ५८ हजार Read Previous

साढे दुई गुणाले बढे विदेशी पर्यटक, एक महिनामै आए ५८ हजार

अब सेयर किन्न ब्रोकरबाटै ७० प्रतिशत ऋण पाइने Read Next

अब सेयर किन्न ब्रोकरबाटै ७० प्रतिशत ऋण पाइने