अब सेयर किन्न ब्रोकरबाटै ७० प्रतिशत ऋण पाइने

काठमाडौं । अब सेयर किन्न ब्रोकर कम्पनीमार्फत नै ७० प्रतिशत ऋण पाइने भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले ‘मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यविधि (प्रथम संशोधन) २०७७’ कार्यान्वयनमा ल्याएसँगै लगानीकर्ताले यस्तो सुविधा पाउने भएका हुन् ।

 

सोसँगै अब लगानीकर्ताहरूले ब्रोकरहरूबाट सेयर किन्न ७० प्रतिशतसम्म कर्जा पाउने छन्। लगानीकर्ताले कर्जा लिँदा अब ३० प्रतिशत रकम वा सोही बराबरको सेयर धितो राखे पुग्छ। यसअघि यस्तो मार्जिन ५० प्रतिशत रकम राख्नुपर्थ्यो र ५० प्रतिशत मात्र कर्जा पाइन्थ्यो।

 

नेप्सेले २ वर्ष अघि नै ब्रोकरमार्फत हुने मार्जिन लेन्डिङका लागि कार्यविधि बनाएर लागू गरेको थियो । लगानीकर्ताले उक्त कार्यविधि व्यवहारिक नभएको भन्दै चासो नदेखाएपछि नेप्सेले संशोधनका लागि बोर्डमा पठाएको थियो । बोर्डले कार्यविधि संशोधन गरसँगै नेप्सेले फेरि कार्यविधि कार्यान्वयनमा ल्याएको हो ।

 

यस्ता कम्पनीको सेयर किन्न मात्र ऋण पाइने

 

ब्रोकरहरुले यस्तो ऋण दिँदा सबै कम्पनीको सेयर किन्न भने पाइने छैन । केही निश्चित मापदण्ड पूरा गरेका कम्पनीहरुको सेयर किन्न मात्र मार्जिन कर्जा पाइने छ ।

 

मार्जिन कर्जा लिन कम्तीमा १० हजार सेयरधनी भएको, पछिल्लो २ आर्थिक वर्षमा १० प्रतिशत बढी लाभांश दिएको, अघिल्लो आर्थिक वर्षको कुल कारोबार दिनमा कम्तीमा पनि ८० प्रतिशत कारोबार दिनमा सेयर किनबेच भएको कम्पनी हुनुपर्नेछ ।

 

यसैगरी, आर्थिक वर्षको प्रथम ६ महिनाभित्रै वार्षिक साधारणसभा गरेको कम्पनीलाई मात्रै मार्जिन सुविधा दिन पाउने छन् ।

 

उद्योग परिसंघको महानिर्देशकमा जोशी Read Previous

उद्योग परिसंघको महानिर्देशकमा जोशी

आज सेयर बजार नखुल्ने Read Next

आज सेयर बजार नखुल्ने