ग्लोबल आइएमई बैंकको पिओएस सेवा सुरु

काठमाडौं । भदौ १४ गते चिनियाँ ह्याकरले एटिएम प्रणालीनै ह्याक गरि पैसा निकालिए पछि बन्द रहेको ग्लोबल आइएमई बैंकको पिओएस सेवा सुरु भएको छ। प्वाइन्ट अफ सेल (पस) मेशिनबाट भुक्तानी गर्न मिल्ने सेवा पुनः संचालनमा आएको बैंकले जनाएको छ ।

 

अब डेबिट, क्रेडिट तथा प्रिपेड कार्डवाहकले चिपमा आधारित सम्पूर्ण पस मेशिनहरुबाट कारोबार गर्न सक्नेछन्। यस बैंकको एटिएमहरुमा यसै बैंकबाट जारी कार्डहरु मात्र प्रयोग गरी नगद झिक्न मिल्ने सेवा मात्रै संचालनमा छ।

 

ग्लोबल आइएमई बैंकको कार्ड अन्य बैंकको एटिएममा प्रयोग गर्न नमिलेको अहिलेको असुविधाप्रति बैंकले ग्राहकसँग क्षमा मागेको छ। यद्यपी यो सेवा पुनः यथाशीघ्र सुचारु गराउन बैंकले पहल गरिरहेको जनाएको छ।

उद्योग वाणिज्य महासंघको महानिर्देशकमा धरणीधर खतिवडा नियुक्त Read Previous

उद्योग वाणिज्य महासंघको महानिर्देशकमा धरणीधर खतिवडा नियुक्त

नजिकिँदै गरेको भ्रमण वर्ष र नेपालको पर्यटनको प्रतिस्पर्धात्मक क्षमता Read Next

नजिकिँदै गरेको भ्रमण वर्ष र नेपालको पर्यटनको प्रतिस्पर्धात्मक क्षमता