काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआइ)को रिक्त महानिर्देशकमा धरणीधर खतिवडालाई नियुक्त गरिएको छ । नवनियुक्त महानिर्देशक खतिवडाले बुधबार देखि नै पदभार सम्हालेका छन् ।
खतिवडाले यसअघि पनि महासंघमा वरिष्ठ परामर्शदाता र महानिर्देशकको रूपमा काम गरी महासंघ सचिवालयलाई नेतृत्व दिएका थिए ।
नेपाल सरकारका विभिन्न निकायहरूमा नेतृत्वदायी पदमा रही काम गरेका महानिर्देशक खतिवडा पछिल्लो पटक नेपाल सरकारको सचिवबाट सेवा निवृत्त भएका थिए ।
पदवहाली पश्चात महानिर्देशक खतिवडाले महासंघको छविलाई राष्ट्रिय/अन्तर्राष्ट्रिय रुपमा उच्च पार्ने बताए। उनले महासंघका मुलभुत उद्देश्य सफल पार्ने कार्यमा सचिवालयका कर्मचारीहरूबाट आफूलाई सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे।
पदवहाली कार्यक्रममा महासंघका उपमहानिर्देशक, निर्देशक, उपनिर्देशक, सहायक निर्देशक, महासंघ अन्तरगत संचालित परियोजनाका प्रमुखहरू लगायतका महासंघका सम्पूर्ण कर्मचारीको उपस्थिति थियो ।