काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्रमा ७० प्रतिशत योगदान निजी क्षेत्रको रहेकाले अर्थमन्त्रालय निजी क्षेत्रको पनि भएको बताएका छन् । नेपाल उद्योग वागणिज्य महासंघले आयोजना गरेको पूर्वबजेट छलफल कार्यक्रममा मन्त्री शर्माले यस्तो बताएका हुन् ।
‘अर्थमन्त्रालय तपाईंहरूकै हो । निजी क्षेत्रको अर्थतन्त्रमा योगदान ७० प्रतिशत छ । ७० र ३० मिलेर न समग्र अर्थतन्त्र बनेको हो,’ उनले भने, ‘ हामीसँग उत्पादन बढाएर आत्मनिर्भर हुनुको विकल्पै छैन्, यसमा निजि क्षेत्रले वैदेशिक लगानी भित्र्याएर उत्पादन बढाउन आवश्यक छ ।’
उद्योगीका समस्या समाधान गर्न सरकार तयार रहेको बताउँदै मन्त्री शर्माले समस्याहरू दिन आह्वान गरे । उत्पादनमा आधारीत र स्रोत साधनको उपयोग गर्ने अर्थतन्त्र आवश्यक भयोको बताए ।
‘परियोजनाले ऋण बोक्ने गरि वैदेशिक लगानी ल्याउनुस् । उद्योगीको लागि हाी जमिन दिने नीति बनाउँछौँ,’ उनले भने, ‘अहिलेको फोकस विश्वको परिस्थितिले बाध्य बनाएको उत्पादनमुखी र उत्पादनमा आधारीत अर्थतन्त्र बनाउनु हो । त्यसको सुरूआत कृषिको आधुनिकीकरण गरेर त्यसलाई उत्पादन मुखी बनाएर बजारीकरण गर्नु पर्ने आवश्यकता छ ।’
त्यसपछि मात्र विश्व परिस्थितिसंग जुध्न सक्ने उनले बताए । सरकारको मुख्य ध्यान बाँझो जमिनलाई कृषि आधुनिकीकरण गरेर उत्पादन बढाउने रहेको उनको भनाइ छ ।
लोडसेडिङको समस्या काममा भएको लापरबाही र प्रशारणलाइन समयमा जोड्न नसक्दा समस्या आएको उनले बताए ।