शिखर इन्स्योरेन्सको ७८ हजार कित्ता सेयर लिलामी खुल्यो, न्यूनतम मूल्य कति ?

काठमाडौं । शिखर इन्स्योरेन्सको सर्वसाधरण तर्फको झन्डै ७८ हजार कित्ता सेयर लिलामीमा आएको छ । कम्पनीले चैत १ देखि जारी गरेको १०ः३ अनुपात हकप्रद सेयरमध्ये अवितरित ७७ हजार ७२०.८८ कित्ता सेयर आजदेखि लिलामीमा ल्याएको हो ।

 

कम्पनीको लिालमी सेयरमा वैशाख १९ गतेदेखि २६ गतेसम्म आवेदन दिन सकिने छ ।लगानीकर्ताले आफूले लिन चाहेको सेयर संख्या र मूल्य तोकी गोप्य सिलबन्दीमार्फत आवेदन दिनुपर्नेछ ।

 

लगानीकर्ताले न्यूनतम मूल्य १०० रुपैयाँ नघटाई बोलपत्र पेश गर्नुपर्नेछ भने कम्तीमा १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिनुपर्नेछ ।

 

लगानीकर्ताले एनआइबीएल एस क्यापिटलको कार्यालय लाजिम्पाट र पुतलीसडक, लगनखेल, पोखरा, बुटवल, वीरगंज, विराटनगर शाखा, नेपाल इन्भेष्टमेन्ट बैंकको नारायणगढ, हेटौँडा, बिर्तामोड, जनकपुर, दाङ, सुर्खे, नेपालगञ्ज र धनगढी शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

 

शिखर इन्स्योरेन्सले गत चैत १ देखि चैत २१ गतेसम्म चुक्ता पूँजीको ३० प्रतिशत अर्थात् ५२ करोड ७५ लाख ५७२ रुपैयाँ बराबरको ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद सेयर विक्रीमा ल्याएको थियो ।

निजी क्षेत्रलाई अर्थमन्त्री शर्माले भने : 'अर्थमन्त्रालय तपाईंहरूकै हो' Read Previous

निजी क्षेत्रलाई अर्थमन्त्री शर्माले भने : 'अर्थमन्त्रालय तपाईंहरूकै हो'

४ वर्षे बालकले आमाको कार सुटुक्क लिएर हिँडेपछि... Read Next

४ वर्षे बालकले आमाको कार सुटुक्क लिएर हिँडेपछि...