काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले उद्योगीलाई अँध्यारोमा राखेर देश उज्यालो नहुने बताएका छन् ।
सोमबार महासंघले आयोजना गरेको पूर्वबजेट अन्तरक्रिया कार्यक्रममा बोल्दै गोल्छाले नेपाल विद्युत् प्राधिकरणले अघोषित लोडसेडिङ गरेर उद्योगीलाई समस्यामा पारेको बताएका हुन् ।
‘अघोषित लोडसेडिङ उद्योगहरूलाई स्वीकार्य छैन् । कोरोना महामारीले सिथिल बनेको अर्थतन्त्र केही लयमा फर्किन थालेको अवस्था थियो,’ उनले भने, ‘तर पछिल्लो समय यस्तो लोडसेडिङले अर्थतन्त्र संकुचनतर्फ धकेलेको छ भने व्यवसायीहरूलाई थप समस्या निम्त्याएको छ । उद्योगीलाई अँध्यारोमा राखेर देश उज्यालो बन्दैन् ।’
निजी क्षेत्रको योगदान कुल अर्थतन्त्रको ७५ प्रतिशत रहेको भन्दै सरकारले यस क्षेत्रका समस्या समाधान गर्न ध्यान दिनुपर्ने उनले बताए ।