जीवन बीमा कम्पनीले संकलन गरे १ खर्ब बीमा शुल्क, कुनले कति ?

काठमाडौं । चालु आर्थिक वर्षको ९ महिना (साउन–चैत) मसान्तसम्म जीवन बीमा कम्पनीहरूले १ खर्ब २४ अर्ब २९ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् । गत वर्षको सोही अवधिको तुलनामा कम्पनीहरूले ८ अर्ब ५६ करोड रुपैयाँले बीमा शुल्क संकलन बढाएका हुन् ।

 

समीक्षा अवधिमा कम्पनीको बीमा शुल्क आर्जन ९.१३ प्रतिशतले बढेको हो । गत आवको चैत मसान्तसम्म कम्पनीहरूले ९३ अर्ब ८६ करोड रुपैयाँ शुल्क आर्जन गरेका थिए ।

 

बीमा समितिले सार्वजनिक गरेको तथ्यांक अनुसार सबैभन्दा धेरै बीमा शुल्क संकलन गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ भने महालक्ष्मी लाइफ इन्स्योरेन्स पुच्छरमा रहेको छ ।

 

करिब २ वर्ष कोरोना महामारीले व्यवसाय विस्तार गर्न नपाएका कम्पनीहरू आर्थिक गतिविधि चलाएमान भएसँगै आक्रामक बनेका हुन् । साथै, मानिसमा बीमाको पहुँच र चेतना बढ्दै गएको छ । जसको कारण कम्पनीहरूको बजार हिस्सा बढ्दै गएको छ ।

 

नेपाल लाइफको वर्चस्व कायमै

 

नेपाली जीवन बीमा कम्पनीमा सबैभन्दा धेरै बजार हिस्सा ओगटेको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले निरन्तर आफूलाई अग्रपंक्तिमा राख्दै आएको छ । चालु आवको ९ महिनामा यस कम्पनीले २६ अर्ब ३७ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । समीक्षा अवधिमा कम्पनीले २५ अर्ब ३१ करोड रुपैयाँ बीमा शुल्क आजैन गरेको थियो ।

यस अवधिमा नेपाल लाइफले १ अर्ब रुपैयाँले मात्रै आफ्नो व्यवसाय बढाएको छ । दोस्रोमा नेपाल लाइफ इन्स्योरेन्स कर्पेरेसनले १२ अर्र्ब ४५ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

 

सबैभन्दा थोरै शुल्क संकलन महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले १ अर्ब ८ करोड रुपैयाँ संकलन गरेको छ । चैत मसान्तसम्म राष्ट्रिय बीमा संस्थानले ६ अर्ब ९८ करोड, युनियन लाइफले ६ अर्ब १५ करोड, एसियन लाइफले ५ अर्ब १३ करोड, मेट लाइफ ४ अर्ब ३ करोड, सिटिजन ३ अर्ब ९० करोड, प्राइम ३ अर्ब ८९ करोड, सूर्य लाइफले ३ अर्ब ६३ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् ।

 

त्यसैगरी, सन नेपाल ३ अर्ब ३ करोड, रिलायबल नेपाल २ अर्ब ९९ करोड, ज्योती लाइफ २ अर्ब २ अर्ब ६३, आइएमई २ अर्ब ३८ करोड, गुँरास २ अर्ब ३३ करोड, रिलायन्स २ अर्ब ४ करोड, सानिमा १ अर्ब ७३ करोड, र प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले १ अर्ब ४७ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् ।

 

सन नेपाल आक्रामक, २ कम्पनीको खस्कियो

 

व्यवसाय विस्तारमा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी आक्रामक बनेको छ । ९ महिनामा सबैभन्दा धेरै बीमा शुल्क संकलन बढाउने पहिलो कम्पनी बनेको हो । यस कम्पनीले समीक्षा अवधिमा ८०.८५ प्रतिशतले व्यवसाय विस्तार गरेको छ ।

 

गत वर्षको ९ महिनामा १ अर्ब ६८ करोड कुल बीमा शुल्क आर्जन गरेको यस कम्पनीले यस वर्षमो सोही अवधिमा ३ अर्ब ३ करोड रुपैयाँ शुल्क संकलन गरेको हो ।

 

दोस्रोमा महालक्ष्मीले करिब ६० प्रतिशतले व्यवसाय वृद्धि गरेको छ भने सिटिजनले ५३ प्रतिशत, प्रभु लाइफ इन्स्योरेन्सले ३० प्रतिशतले व्यवसाय विस्तारमा वृद्धि गरेको छ ।

 

यस अवधिमा दुई जीवन बीमा कम्पनीको व्यवसाय विस्तार भने खस्किएको छ । सबैभन्दा धेरै गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको व्यवसायमा २३.५० प्र्रतिशतले गिरावट आएको छ भने लाइफ इन्स्योरेन्स कर्पोरेसनको ८.८१ प्रतिशतले व्यवसाय घटेको छ ।

एनएमबी बैंकको स्तर वृद्धि, पायो ‘ए’ रेटिङ Read Previous

एनएमबी बैंकको स्तर वृद्धि, पायो ‘ए’ रेटिङ

अब हप्तामा दुई दिन सार्वजनिक बिदा, सरकारी कार्यालय खुल्ने समय बढ्यो Read Next

अब हप्तामा दुई दिन सार्वजनिक बिदा, सरकारी कार्यालय खुल्ने समय बढ्यो