एनएमबी बैंकको स्तर वृद्धि, पायो ‘ए’ रेटिङ

काठमाडौं । एनएमबी बैंकको रेटिङ्ग स्तर वृद्धि भएको छ । रेटिङ एजेन्सी इक्रा नेपाल लिमिटेडले बैंकलाई ‘इक्रा एनपी आइआर ए’ रेटिङ प्रदान गरेको हो ।

 

यो रेटिङले बैंकको समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा पर्याप्त मात्रामा सुरक्षित रहको जनाउँदछ भने न्यून कर्जा जोखिम रहेको संकेत गर्दछ ।यसअघि बैंकको रेटिङ स्तर ‘माइनस ए’ थियो ।

 

इक्रा नेपाल भारतको ‘इक्रा लिमिटेड अफ इन्डिया’या क्ष्लमष्ब को सहायक कम्पनीको रुपमा नेपालमा दर्ता भएको नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त नेपालको पहिलो रेटिङ ऐजेन्सी हो ।

 

विगतका वर्षहरुमा विभिन्न संस्थाहरुसंग भएको मर्जर तथा प्राप्तिको सकारात्मक प्रभाव, सो पश्चात बैंकको कर्जाको गुणस्तरमा भएको सुधार, बलियो शाखा संजालको कारण ग्राहकहरुको संख्यामा उल्लेख्य वृद्धि, बैंकको बजार हिस्सामा भएको वृद्धि, पूँजीगत पर्याप्तता तथा तरलताको सहज व्यवस्थापन, कर्जा विविधता, साना तथा मझौला कर्जामा भएको वृद्धि, बैंकको सकारात्मक विगत, असल स्वामित्व तथा कुशल र अनुभवि व्यवस्थापन समेतका आधारमा इक्राले बैंकलाई यस अघि प्रदान रेटिङमा स्तर वृद्धि गर्दै ‘इक्रा एनपी आइर ए’ रेटिङ प्रदान गरेको हो ।

 

कोभिड १९ को असरको कारणले देशको समग्र आर्थिक अवस्थामा प्रभाव परिरहेको समयमा समेत बैंकको परिसूचकहरुमा देखिएको उल्लेखित सुधारहरुले गर्दा यो स्तर वृद्धि सम्भव भएको हो ।

 

एनएमबी बैंक द फाइनान्सियल टाइम्स लन्डनको ‘द ब्यान्कर’ पत्रिकाबाट एसियाकै सर्वाेत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ द ईयर एसिया २०२१’ अवार्डबाट सम्मानित भएको बैंक हो । बैंकले सन् २०१७, २०१८, २०२० र २०२१ मा पनि नेपालकैे उत्कृष्ट बैंकको सम्मान ‘बैंक अफ द इयर नेपाल’ प्राप्त गरिसकेको छ ।

 

बैंकले हाल देशभरका २०१ शाखाहरु,१३८ एटीएमहरू, ११ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

 

 

मर्जर भाँड्ने हिमालयन र इन्भेष्टमेन्ट बैंकलाई कारबाही, लाभांश र सेयर कारोबार रोक्का Read Previous

मर्जर भाँड्ने हिमालयन र इन्भेष्टमेन्ट बैंकलाई कारबाही, लाभांश र सेयर कारोबार रोक्का

जीवन बीमा कम्पनीले संकलन गरे १ खर्ब बीमा शुल्क, कुनले कति ? Read Next

जीवन बीमा कम्पनीले संकलन गरे १ खर्ब बीमा शुल्क, कुनले कति ?