काठमाडौं । हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंक नेपाल राष्ट्र बैंकको कारबाहीमा परेका छन् । सैद्धान्तिक सहमति पाएपछि उचित कारणबिनै मर्जर प्रक्रिया तोडेको भन्दै राष्ट्र बैंकले दुवै बैंकलाई कारबाही गरेको हो ।
राष्ट्र बैंकले दुवै बैंकलाई कारबाही स्वरुप संस्थापक (प्रमोटर) सेयरधनीको लाभांश र दोस्रो बजारमा सेयर कारोबार रोक्का गरेको छ ।
साथै, दुवै बैंकलाई यथाशिघ्र अर्को बैंकसँग मर्जर वा एक्वीजिसन जान निर्देशन दिएको छ । अब दुवै बैंकले अर्को बैंकसँग मर्जर वा एक्वीजिसन नगरेसम्म प्रमोटर सेयरधनीले सेयर कारोबार गर्न पाउने छैनन् ।
यस्तै, मर्जर भाँड्ने हिमालयन बैंकका सञ्चालकहरूलाई स्पष्टीकरण सोध्ने भएको छ । प्रमोटर सेयर कारोबार रोक्क गरे पनि सर्वसाधरणले भने देस्रो बजारमा सेयर कारोबार गर्न पाउने छन् । यी दुई बैंकको सेयर कारोबार रोकिएको १ वर्ष भइसकेको छ ।
दुई बैंकले २०७८ वैशाख ३० गते मर्जरमा जाने सहमति गरेका थिए । तर, पुस ३० गते बसेको हिमालयन बैंकको साधरण सभाले इन्भेष्टमेन्ट बैंकसँगको मर्जर प्रस्ताव अस्वीकार गर्दै मर्जर भाँडेको थियो ।