अब हप्तामा दुई दिन सार्वजनिक बिदा, सरकारी कार्यालय खुल्ने समय बढ्यो

काठमाडौं । अब हप्तामा दुई दिन सार्वजनिक बिदा हुने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले सातामा दुई दिन शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

 

अहिले हप्तामा एक दिन शनिबार मात्र सार्वजनिक बिदा हुँदै आएको छ । यस्तै, सरकारले सार्वजनिक बिदा थपेसँगै सरकारी कार्यालय खुल्ने समय पनि बढाएको छ । जेठ १ गतेदेखि लागू हुने गरी सरकारी कार्यालय बिहान ९ः३० बजेदेखि साँझ ५ः३० बजेसम्म खुल्ने भएका छन् ।

 

सरकारले हाललाई परीक्षणका रुपमा लागू हुने गरी हप्तामा दुई दिन बिदा र कार्यालय समय साढे ९ देखि साढे ५ बजेसम्म बढाउने निर्णय गरेको हो ।

जीवन बीमा कम्पनीले संकलन गरे १ खर्ब बीमा शुल्क, कुनले कति ? Read Previous

जीवन बीमा कम्पनीले संकलन गरे १ खर्ब बीमा शुल्क, कुनले कति ?

सेयर बजारमा कमब्याक, यी हुन् धेरै मूल्य बढ्ने १० कम्पनी Read Next

सेयर बजारमा कमब्याक, यी हुन् धेरै मूल्य बढ्ने १० कम्पनी