काठमाडौं । सेयर बजारमा सामान्य अंकको कमब्याक भएको छ । पछिल्ला दुई कारोबार दिनमा ५० अंकले घटेको नेप्से आज ५ अंकले बढेको हो ।
आज सूचकसँगै कारोबार रकममा पनि झिनो बढोत्तरी आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ४ करोडले बढेर १ अर्ब नाघेको छ ।
बुधबार नेप्से ५.१७ अंकले बढेर २३७६.१७ विन्दुमा पुगेको छ । यसदिन २२८ कम्पनीको १ अर्ब ८ करोड ९९ लाख ९२ हजार ३६ रुपैयाँ बराबरको २८ लाख ८५ हजार ३९ कित्ता सेयर किनबेच भएको छ ।
आज कारोबारमा आएका १३ वटा समूहमध्ये ९ समूहको परिसूचकमा हरियाली छाएको छ भने ४ समूहको परिसूचक राताम्मे भएको छ । विकास बैंक समूह सबैभन्दा धेरै १.८२ प्रतिशतले बढेको छ भने म्युचुअल फण्ड समूह सबैभन्दा धेरै ०.६५ प्रतिशतले घटेको छ ।
आज करोबारमा आएको २२८ कम्पनीमध्ये ११४ कम्पनीको सेयर मूल्य बढेको छ भने ९२ कम्पनीको मूल्य घटेको छ । २२ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
आज अरुण भ्याली हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । यसको ५ करोड रुपैयाँ बढीकोे सेयर किनबेच भएको छ । त्यसैगरी, हिमालयन डिस्ट्रीलरी पौने ४ करोड र नेपाल फाइनान्स ३ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।
सामान्य अंकले बढेको बजारमा जाल्पा लघुवित्तको सेयर मूल्यमा भने पोजेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले ठ्याक्कै १० प्रतिशत कमाएका छन् ।
यसैगरी, नेपाल फाइनान्स ६.८२, राधि विद्युत् ५.५४, ङादी ग्रुप ४.६५, महुली लघुवित्त, लक्ष्मी लघुवित्त, लुम्बिनी विकास बैंक, रुरु जलविद्युत् र मनकामना स्मार्ट लघुवित्तको सेयर मूल्य साढे ३ प्रतिशतले बढेको छ ।