‘डिजिटल मुद्रा चलाउने बाटोमा राष्ट्र बैंक अघि बढेको छ’

काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले अब राष्ट्र बैंक डिजिटल मुद्राको बाटोमा अघि बढेको बताएका छन् । राष्ट्र बैंकको ६७ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मिश्रले यस्तो बताएका हुन् ।

 

‘भौतिक मुद्रालाई प्रचलनमा ल्याउन स्थापना भएको राष्ट्र बैंक अहिले यस्तो मुद्रा विस्थापन गरी डिजिटल मुद्रा चलाउनु पर्ने अवस्थामा राष्ट्र बैंक पुगेको छ,’ उनले भने ।

 

मिश्रले नेपाली अर्थतन्त्रको बाह्य क्षेत्रमा देखिएको समस्याले राष्ट्र बैंक कहिले लचिलो त कहिले कसिलो हुनुपर्ने अवस्था आएको बताए ।

सेयर बजारमा कमब्याक, यी हुन् धेरै मूल्य बढ्ने १० कम्पनी Read Previous

सेयर बजारमा कमब्याक, यी हुन् धेरै मूल्य बढ्ने १० कम्पनी

महसुल नबुझाउने उपमहानगरपालिकाको काटिलो बिजुली Read Next

महसुल नबुझाउने उपमहानगरपालिकाको काटिलो बिजुली