निगमले अब काठमाडौं-नारिता साताको ३ उडान गर्ने, यस्तो छ भाडादर

काठमाडौं । नेपाली ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले अब काठमाडौं–नारिता रुटमा साताको ३ उडान गर्ने भएको हो ।हाल जापानको नारितामा साताको दुई उडान भर्दै आएको निगमले यात्रुको बढ्दो चापलाई मध्येनजर गर्दै साताको ३ उडान गर्ने भएको हो ।

 

निगमका अनुसार यही वैशाख १८ गते (मे १ तारिख)देखि साताको हरेक आइतबार, मंगलबार र शुक्रबार नारिता सिधा उडान हुनेछ । जापान सरकारको नियमानुसार आइतबार र मंगलबारको उडानमा जम्मा १४० यात्रु र शुक्रबारको उडानमा १२० जना यात्रुहरु मात्र बोक्न पाइने निगमले जनाएको छ ।

 

जहाजको क्षमता भन्दा करिब आधा कम क्षमतामा काठमाडौं–नारिता यात्रु बोक्न परेको हुनाले स्वाभाविक रुपमा हाल भाडादर समेत केही मंहगो हुन गएको निगमको भनाइ छ ।

 

काठमाडौैं–नारिता रुटको भाडादर करसहित बिजनेश क्लासमा १ लाख ५२ हजार र इकोनोमी क्लासमा १ लाख १९ हजार ७०० रुपैयाँ तोकिएको छ ।

 

तोकेभन्दा बढी भाडा लिइएको गुनासो आएको भन्दै निगमले बढी मूल्यमा टिकट विक्री गरेको पाइएमा कारबाही गर्ने जनाएको छ ।

११ वर्षपछि बन्यो हेटौंडा र सिन्धुली जोड्ने पक्की पुल Read Previous

११ वर्षपछि बन्यो हेटौंडा र सिन्धुली जोड्ने पक्की पुल

आइएमई जनरल इन्स्योेरेन्सको लाभांश पारित Read Next

आइएमई जनरल इन्स्योेरेन्सको लाभांश पारित