इन्जिनीयरिङ बीमा दरसम्बन्धी निर्देशिका स्थगित, अध्ययन गर्न उपसमिति गठन

काठमाडौं । बीमा समितिले ‘इन्जिनीयरिङ बीमा दरसम्बन्धी निर्देशिका २०७८’ स्थगित गरेको छ।

 

समितिले सोमबार नेपाल निर्माण व्यवसायी महासंघ, स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)लगायतका विभिन्न सरोकारवाला संस्थाहरुसँगको छलफल पछि उक्त निर्देशिका स्थगित गर्ने निर्णय गरेको हो ।

 

बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालको सभापतित्वमा भएको छलफल कार्यक्रममा समितिले हाललाई उक्त निर्देशिका स्थगित गर्ने निर्णय गरिएको हो ।

 

समितिले गत असोज ६ गते इन्जिनीयरिङ बीमासम्बन्धी ‘मिनिमम रेट फर नन ट्यारिफ इन्स्योरेन्स’ बिजनेश निर्देशिका जारी गरेको थियो । सोपछि निर्माण व्यवसायी, ऊर्जा व्यवसायीहरुले विरोध गर्दै आएका थिए ।

 

निर्देशिका स्थगनसँगै समितिले सो बारे अध्ययन गर्न एक उपसमित गठन समेत गरेको छ । समितिले कार्यकारी निर्देशक राजुरमण पौडेललको संयोजकत्वमा १५ सदस्यीय अध्ययन उपसमित गठन गरेको हो ।

 

उक्त उपसमितिलाई सात दिनभित्र प्रतिवेदन बुझाउने गरी समयावधि तोकिएको बीमा समितिले जनाएको छ। उपसमितिमा निर्माण व्यवसायी महासंघ, इप्पान, नेपाल बीमक संघ र पुनर्बीमा कम्पनीका दुई/दुईजना प्रतिनिधि रहने छन्।

 

यस्तै, नेपाल उद्योग वाणिज्य महासंघ ,नेपाल हेभिइक्युपमेन्ट व्यवसायी महासंघ, सहरी विकास मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सार्वजनिक खरिद अनुगमन कार्यालय, सर्भेयर एसोसिएसन र पुनर्बीमा कम्पनीका एक/एक प्रतिनिधि उक्त उपसमितिमा रहने बीमा समितिले जनाएको छ।

उपत्यकाका ८ सडक निर्माण अन्तिम चरणमा, ठेकेदारलाई भुक्तानी दिन छैन बजेट Read Previous

उपत्यकाका ८ सडक निर्माण अन्तिम चरणमा, ठेकेदारलाई भुक्तानी दिन छैन बजेट

११ वर्षपछि बन्यो हेटौंडा र सिन्धुली जोड्ने पक्की पुल Read Next

११ वर्षपछि बन्यो हेटौंडा र सिन्धुली जोड्ने पक्की पुल