बुद्ध एयरको जहाजभित्र झोलामा १० हजार ८०० डलर भेटेपछि…

काठमाडौं । निजी क्षेत्रको वायुसेवा प्रदायक बुद्ध एयरको जहाजमा बेवारिसे अवस्थामा १० हजार ८०० अमेरिकी डलर भेटिएको छ ।

 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानतर्फ पार्किङ स्थलमा पार्क गरिराखिएको जहाजबाट १०० दरका १०८ वटा नोट प्रहरीले बरामद गरेको हो ।

 

शनिबार भद्रपुरबाट काठमाडौं अवतरण गरेको विमानको सिटमा छालाको ह्‍यान्ड ब्यागभित्र बेवारिसे अवस्थामा रहेको उक्त डलर फेला पारीएको हो ।

 

प्रहरीले बरामद डलर आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक पठाएको छ । प्रहरीले उक्त डलर आफ्नो रहेको प्रमाणसहित दाबी गर्न आग्रह समेत गरेको छ ।

भारतीय निजी क्षेत्रको एउटा बैंक, जसले घोषणा गर्‍यो १५५० प्रतिशत लाभांश Read Previous

भारतीय निजी क्षेत्रको एउटा बैंक, जसले घोषणा गर्‍यो १५५० प्रतिशत लाभांश

आइएमई जनरलको ९१ हजार कित्ता सेयर लिलामी खुल्यो, प्रतिकित्ता न्यूनतम भाउ कति ? Read Next

आइएमई जनरलको ९१ हजार कित्ता सेयर लिलामी खुल्यो, प्रतिकित्ता न्यूनतम भाउ कति ?