काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सको ९१ हजार १९५ कित्ता सेयर लिलामीमा आएको छ । कम्पनीले आजदेखि सर्वसाधारण समूहको ८८ हजार ९३४ कित्ता र संस्थापक समूहको २ हजार २६१ कित्ता सेयर लिलामीमार्फत विक्रीमा ल्याएको हो ।
कम्पनीले गत फागुन २२ गतेदेखि चैत १३ गतेसम्म जारी गरेको हकप्रद सेयरमध्ये अवितरित सेयर लिलामीमार्फत विक्री गर्न लागेको हो । कम्पनीले सो बेला कुल ४५ लाख ३० हजार ३४४ कित्ता हकप्रद सेयर विक्रीमा ल्याएकोमा नबिकेको ९१ हजार १९५ कित्ता सेयर लिलामीमा ल्याएको हो ।
इच्छुक लगानीकर्ताले आफूले लिन चाहेको सेयर संख्या र मूल्य तोकी गोप्य सिलबन्दीमार्फत आवेदन दिनुपर्नेछ । कम्पनीलेको सेयर खरिदका लागि न्यूनतम १०० रुपैयाँ नघटाई बोलपत्र पेश गर्नुपर्नेछ ।
लगानीकर्ताले न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । आवेदन दिने अन्तिम म्याद वैशाख २० गतेसम्म रहेको छ ।
कम्पनीको सेयर विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ ।