हार्ड रक क्याफेमा ‘स्वीट नाइटमेयर’ ब्याण्डको प्रस्तुति हेर्न पाइने

काठमाडौं । दरबारमार्गको हार्ड रक क्याफेमा संगीतप्रेमीहरूले इन्डोनेसियन म्यूजिकल ब्यान्ड ‘स्वीट नाइटमेयर’ को प्रस्तुति हेर्न पाउने भएको छन्।

 

आगामी अप्रिल १२ देखि जुन ९ सम्म साप्ताहिक रूपमा हरेक मंगलबारदेखि आइतबार राति ८ बजेपछि स्वीट नाइटमेयरले दरबारमार्गमा साँगितिक प्रस्तुति दिने भएको हो ।

 

ब्यान्डले यसअघि हार्ड रक क्याफे जकार्ता, हार्ड रक क्याफे हङकङ, हार्ड रक क्याफे हो ची मिन्ह सिटी भियतनाम, हार्ड रक होटल माल्दिभ्स, हार्ड रक होटल सेन्जेन चीन, हार्ड रक होटल मकाउ र जे दब्ल मरिओत्त, होटल क्वालालम्पुर र सांग्रिला पेनाङ मलेसिया जस्ता पाँच तारे होटेलहरूमा आफ्नो प्रस्तुती दिइसकेका छन्।

 

ब्यान्डको लाइनअपमा पुरुष गायकतर्फ स्टेरी क्रिस्टोफोरस पालित, महिला गायकतर्फ डिन लिलियन वेरीशा युलियाना, बेसिस्ट एको सहबुद्दीन, गितारमा आदि नुरवेन्डा र ड्रममा जोय येहेजकिएल सिमांगुनसोङ जस्ता बहुप्रतिभाशाली रक संगीतकर्मीहरु रहने हार्ड रक क्याफेले जनाएको छ।

 

पाँच संगीतकर्मीहरुको समूहले आर एण्ड बी, डान्स पप, कन्ट्री, हिपहप, ब्लूज रक, पप रक, ग्रन्ज, अल्टरनेटिभ रक, साइकडेलिक रक, ग्लाम रक र कन्टेम्पोररी मेटल भाइब्स विधाका संगीतह? समायोजन गरी प्रस्तुती दिने बताइएको छ।

 

विश्वका ६८ देशका २५३ शहरहरुमा आफ्नो सन्जाल रहेको हार्ड रक क्याफे विश्वव्यापी रुपमा एक प्रतिष्ठित कम्पनी हो । २८ अक्टोबर २०२१ देखि काठमाडौँमा सन्चालन हुँदै आएको हार्ड रक क्याफेले सन् २०२० मा हार्ड रक डिजिटल बिगलअज गरेको थियो । जुन एउटा अनलाईन स्पोर्ट्स बुक, रिटेल बुक र इन्टरनेट गेमिङ प्लाटफर्म हो ।

गौतमबुद्ध विमानस्थलमा उडान गर्न जजिराले लियो अनुमति, साताको यी ३ बार  उडान गर्ने Read Previous

गौतमबुद्ध विमानस्थलमा उडान गर्न जजिराले लियो अनुमति, साताको यी ३ बार उडान गर्ने

बजेट निर्माणलाई तीव्रता दिँदै अर्थ मन्त्रालय, १५ मन्त्रालयसँग लगातार छलफल गर्दै Read Next

बजेट निर्माणलाई तीव्रता दिँदै अर्थ मन्त्रालय, १५ मन्त्रालयसँग लगातार छलफल गर्दै