बजेट निर्माणलाई तीव्रता दिँदै अर्थ मन्त्रालय, १५ मन्त्रालयसँग लगातार छलफल गर्दै

काठमाडौं । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणलाई तीव्रता दिएको छ । १५ जेठमा बजेट सार्वजनिक गर्नैपर्ने संवैधानिक व्यवस्थाअनुसार गृहकार्य गरिरहेको अर्थ मन्त्रालयले बिहीबार (आज)देखि योजना आयोगको उपस्थितिमा विभिन्न मन्त्रालयसँग नियमित बैठक गर्ने कार्यतालिका बनाएको हो ।

 

१३ वैशाखसम्मका लागि बनाइएको कार्यतालिकाको बिहीबारदेखि कार्यान्वयन सुुरु गरिएको छ । आज बिहान ९ बजे सहरी विकास मन्त्रालय, दिउँसो १ बजे खानेपानी मन्त्रालय र दिउँसो ४ बजे भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग छलफल गरिएको छ । सबै बैठकमा योजना आयोगको उपस्थिति अनिवार्य गरिएको छ ।

 

हरेक दिन बिहान ९ बजे, दिउँसो १ बजे र ४ बजेलाई बैठक राखिएको छ । शुक्रबार, ९ वैैशाखमा ऊर्जा जलस्रोत तथा सिचाइँ मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र कृषि तथा पशुपंक्षी विकास मन्त्रालयसँग बैठक राखिएको छ ।

 

आइतबार, ११ वैशाखमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशाशन मन्त्रालयसँग बैठक राखिएको छ ।

 

सोमबार, १२ वैशाखमा बन तथा वातावरण मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयसँग बैठक राखिएको छ । मंगलबार, १३ वैशाखमा संचार तथा सूचना प्रविधि मन्त्रालय, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयसँग छलफल राखिएको छ ।

 

विषय विज्ञ र सर्वसाधारणबाट सुझाव संकलन सम्पन्न

 

गत चैत १ देखि औपचारिक रुपमा अर्थ मन्त्रालयले बजेट निर्माण प्रकृयाका लागि सुझाव संकलन सुरु गरेको थियो । त्यसयता कृषि, भौतिक पूर्वाधार, खेलकुद, महिला, दलित, बित्तीय संघीयता, बैंक, वित्तीय संस्था र बीमा, अर्थविद्, निजी क्षेत्र, युवा तथा बिद्यार्थी, शिक्षालगायतका क्षेत्रसँग सरोकारवाला तथा विज्ञसँग छलफल गरी सुझाव संकलन सकिएको छ ।

 

त्यस्तै भौतिक रुपमा उपस्थित भई सुझाव दिन नसक्ने सर्वसाधारणका लागि टोल फ्री नम्बर ११३८ बाट ७ वैशाखसम्म सुझाव संकलनको व्यवस्था मिलाइएको थियो । टोल फ्री नम्बर ११३८ बाट पनि उत्साहजनक रुपमा सुझावहरु प्राप्त भएका छन् ।

हार्ड रक क्याफेमा ‘स्वीट नाइटमेयर’ ब्याण्डको प्रस्तुति हेर्न पाइने Read Previous

हार्ड रक क्याफेमा ‘स्वीट नाइटमेयर’ ब्याण्डको प्रस्तुति हेर्न पाइने

हुलाकी राजमार्गको सप्तरी-सर्लाही खण्डको ८० प्रतिशत कालोपत्र सम्पन्न Read Next

हुलाकी राजमार्गको सप्तरी-सर्लाही खण्डको ८० प्रतिशत कालोपत्र सम्पन्न