गौतमबुद्ध विमानस्थलमा उडान गर्न जजिराले लियो अनुमति, साताको यी ३ बार उडान गर्ने

काठमाडौं । नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्न कुवेती वायुसेवा कम्पनी जजिरा एयरवेजले अनुमति लिएको छ ।

 

आजदेखि औपचारिक रुपमा संचालनमा आएको उक्त विमानस्थलबाट जजिराले जेठ २ गते (बुद्ध जयन्ति)देखि नियमित उडान गर्ने भएको हो । जजिरा गौतमबुद्ध विमानस्थलबाट व्यावसायिक उडान गर्ने पहिलो अन्तर्राष्ट्रिय एयरलाइन्स समेत बन्ने भएको छ ।

 

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार जजिराले पहिलो चरणमा साताको तीन दिन उडान गर्ने गरी अनुमति लिएको छ । जजिराले साताको तीन दिन सोमबार, बुधबार र शुक्रबार गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने भएको हो । जजिराले कुवेतबाट भैरहवा उडान गर्ने भएको हो ।

 

गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्न १ दर्जन कम्पनीले चासो देखाए पनि अहिलेसम्म अरु कम्पनीले उडान अनुमति लिएका छैनन् ।

विद्युतीय स्कुटर निर्माणमा नास्टको सफलता, एकपटक चार्ज गर्दा ५० किमी गुड्ने स्कुटर २ लाखमै बन्ने Read Previous

विद्युतीय स्कुटर निर्माणमा नास्टको सफलता, एकपटक चार्ज गर्दा ५० किमी गुड्ने स्कुटर २ लाखमै बन्ने

हार्ड रक क्याफेमा ‘स्वीट नाइटमेयर’ ब्याण्डको प्रस्तुति हेर्न पाइने Read Next

हार्ड रक क्याफेमा ‘स्वीट नाइटमेयर’ ब्याण्डको प्रस्तुति हेर्न पाइने