मधेश प्रदेशमा लक्ष्मी बैंकको २ नँँया एक्स्टेन्सन काउण्टर विस्तार

काठमाडौं । लक्ष्मी बैंकले आफ्नो संजाल विस्तार गर्ने क्रममा मधेश प्रदेशमा २ नँँया एक्स्टेन्सन काउन्टर संचालनमा ल्याएकोे छ । बैंकले ती एक्स्टेन्सन काउन्टरहरु महोत्तरी जिल्ला अदालत र सिराहा जिल्ला अदालतमा संचालनमा ल्याएको हो ।

 

यी एक्स्टेन्सन काउन्टरहरुको सुरुआत सँगै लक्ष्मी बैंकको शाखा संजाल ५० जिल्लामा १४२ शाखा, १३ एक्सटेन्सन काउन्टर र ५ हस्पिटल सेवा काउन्टर, १७६ एटीएम, २५०० भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ६३ शाखा रहित बैंकिङ्ग एजेन्टहरु पुगेको छ ।

 

यसको साथ लक्ष्मी बैंकले आफ्नो सेवा अझ सुदृढ अनि व्यापक बनाउने विश्वास राखेको छ । सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, सानाव्यवसायी कर्जा, लघुवित्त, लगायतका वित्तीय सेवाहरुको बढ्दो मागलाई पूरा गर्न बैंकले नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रहरुमा सक्रिय रुपमा सेवा विस्तार गर्दै आएको छ ।

 

साथै, बैंकले ग्राहकहरुलाई उनीहरुकै रोजाइको माध्यम अर्थात शाखा कार्यालय, एटीएम, इन्टरनेट बैंकिङ्ग वा मोबाइल बैंकिङ्ग सेवा प्रदान गरी शहरी तथा अर्धशहरी क्षेत्रमा आफ्नो ब्राण्ड तथा ग्राहकलाई अझ सशक्त पार्ने नीति अनुरुप महत्वपूर्ण फड्को मार्ने विश्वास लिएको छ ।

 

अपर सोलु हाइड्रोपावरले पायो आइपीओ जारी गर्न अनुमति Read Previous

अपर सोलु हाइड्रोपावरले पायो आइपीओ जारी गर्न अनुमति

तरलता अभावले बैंकहरूको ब्याज खर्च बढ्यो, कुन बैंकको ब्याज आम्दानी र खर्च कति ? Read Next

तरलता अभावले बैंकहरूको ब्याज खर्च बढ्यो, कुन बैंकको ब्याज आम्दानी र खर्च कति ?