अपर सोलु हाइड्रोपावरले पायो आइपीओ जारी गर्न अनुमति

काठमाडौं । अपर सोलु हाइड्रोपावर कम्पनीले प्राथमिक साधारण सेयर (आइपीओ) निष्काशन गर्न अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले बुधबार (चैत ७ गते) कम्पनीलाई आइपीओ जारी गर्न अनुमति दिएको हो ।

 

हाइड्रोपावरले जार‍ी पूँजीको २४.५० प्रतिशत आइपीओ जारी गर्न लागेको हा । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले ३३ करोड ७ लाख ७५ हजार रुपैयाँ बराबरको ३३ लाख ७ हजार ५०० कित्ता आइपीओ निष्काशन गर्न अनुमति पाएको हो ।

 

बोर्डबाट अनुमति पाएसँगै कम्पनीले अब आयोजना प्रभावित क्षेत्रका स्थानीय र सर्वसाधरणका लागि आइपीओ जारी गर्ने छ । कम्पनीले सोलुखुम्बु जिल्लाका स्थानीयलाई १३ करोड ५० लाख रुपैयाँ बराबरको १३ लाख ५० हजार कित्ता र सर्वसाधारणलाई १९ करोड ५७ लाख ५० हजार रुपैयाँ बराबरको १९ लाख ५७ हजार ५०० कित्ता आइपीओ निष्काशन गर्ने भएको छ ।

 

हाइड्रोपावरको सेयर निष्कासन तथा विक्री प्रबन्धक एनएमबी क्यापिटलले रहेको छ ।

औपचारिक रूपमा संचालनमा आयो नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल, पुरानो धावनमार्ग बन्द Read Previous

औपचारिक रूपमा संचालनमा आयो नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल, पुरानो धावनमार्ग बन्द

मधेश प्रदेशमा लक्ष्मी बैंकको २ नँँया एक्स्टेन्सन काउण्टर विस्तार Read Next

मधेश प्रदेशमा लक्ष्मी बैंकको २ नँँया एक्स्टेन्सन काउण्टर विस्तार