काठमाडौँ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म वाणिज्य बैंकहरुले खुद नाफा ५१ अर्ब १ करोड ७८ लाख रुपैयाँ कमाएका छन् ।
बैंकहरुले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार चालु आवको तेस्रो त्रैमासमा खुद नाफा सामान्य बढेको छ । यस आवको ९ महिनामा बैंकहरुले आर्जन गरेको खुद नाफा गत वर्षको समिक्षा अवधिको तुलनामा ०.५४ प्रतिशतले बढी हो ।
२७ वटा वाणिज्य बैंकहरुले गत आवको चैतसम्म ५० अर्ब ७४ करोड २५ लाख रुपैयाँ नाफा कमाएका थिए ।
चालु आबको ९ महिनामा औषतमा बैंकहरुले १ अर्ब ८८ करोड रुपैयाँ खुद नाफा कमाएका छन । चालु आवको सुरुदेखि नै बैंकिङ प्रणलीमा देखिएको तरलता अभावले बैंकहरुले कर्जा लगानी गर्न पाएका छैनन् ।
नेपाल राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिका कारण ठूलो रकम वित्तिय प्रणालीमै थुुप्र्रिएको छ भने बैंकहरुले कर्जा दिन सकेका छैनन् । जसको प्रभाव बैंकको नाफामा देखिएको छ ।
