काठमाडौं । सेयर बजारमा उच्च अंकको गिरावट आएको छ । नयाँ वर्ष २०७९ को पहिलो कारोबार दिन आइतबार २९ अंकले घटेको नेप्से सोमबार ४१ अंकले घटेको थियो भने मंगलबार केही कमब्याक भएपनि बुधबार ३६.७३ अंकले घटेको छ ।
यस दिन नेप्से ३६ दशमलव ७३ अंकले घटेर २३२० दशमलव ५१ विन्दुमा आइपुगेको छ । आज २२८ कम्पनीको १ अर्ब ४५ करोड ८७ लाख ३७ हजार ७५५ रुपैयाँ बराबरको ३५ लाख ७० हजार कित्ता सेयर किनबेच भए ।
आज कारोबारमा आएका १३ वटै समूहको परिसूचक राताम्मे भएको छ । फाइनान्स समूह सबैभन्दा धेरै ३.८२ प्रतिशतले घटेको छ । त्यस्तै, अन्य समूह पनि ३ प्रतिशतले घटेको छ ।
आज करोबारमा आएको २२९ कम्पनीमध्ये जम्मा ९ कम्पनीको सेयर मूल्य बढेको छ भने १८३ कम्पनीको घटेको छ । ३ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
आज नेष्डो सामुदायीक लघुवित्त वित्तीय संस्थाको सर्वाधिक कारोबार भएको छ । यसको १४ करोड १९ लाख रुपैयाँकोे सेयर किनबेच भएको छ ।
त्यसैगरी,एनआइसी एसीया बैंकको ५ करोड, शिद्धार्थ बैंक र अरुण भ्याल्लीको ४ करोड बढीको कारोबार भएको छ ।
उच्च अंकले घटेको बजारमा जाल्पा सामुदायीक लघुवित्त र ग्रिन भेन्चरको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।
दुवैको मूल्य ९ दशमलव ९९ प्रतिशतले बढेको छ । घट्दो बजारमा आज नेष्डो समृद्ध लघुवित्तका सेयरधनीले सबैभन्दा धेरै १० प्रतिशत गुमाएका छन् ।
त्यस्तै, हिमालयन ऊर्जा ६ दशमलव २९, तिर्थपावर कम्पनी ६ दशमलव १२ र युनियन हाइड्रोको ५ दशमलव ०५ प्रतिशतले सेयर मूल्य घटेको हो ।