वायुसेवा निगमद्धारा ज्येष्ठ नागरिकलाई ५० प्रतिशत छुट दिने घोषणा

काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट दिने घोषणा गरेको छ ।

 

निगमका अनुसार ज्येष्ठ नागरिकलाई आन्तरिक हवाई भाडामा ५० प्रतिशत छुट दिने नियम आज (बुधबार) बाटै
लागू हुनेछ ।

 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले गत महिना आफ्ना योजना तथा कार्यक्रम प्रस्तुत गर्दै ७० वर्ष माथिका ज्येष्ठ नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट दिने घोषणा गरेका थिए । र, सोही अनुसार यसको शुरुवात सरकारी स्वामित्वको एयरलाइन्स कम्पनीबाटै गर्ने उद्देश्यअनुसार उक्त निर्णय कार्यान्वयन गरिएको निगमले जनाएको छ ।

 

यसैबीच निगमले दशैंका लागि अग्रिम टिकट बुकिङसमेत खुलाएको छ । आजैबाट आन्तरिक उडानमाका लागि यात्रुहरुले अग्रिम बुकिङ गरी टिकट लिन सक्ने निगमले जनाएको छ ।

सनराइज बैंकले १५.८० प्रतिशत लाभांश दिने Read Previous

सनराइज बैंकले १५.८० प्रतिशत लाभांश दिने

कुनै अमुक व्यक्तिको बोलीकै भरमा मात्र बढ्ने/घट्ने कस्तो खालको हो नेपाली सेयर बजार Read Next

कुनै अमुक व्यक्तिको बोलीकै भरमा मात्र बढ्ने/घट्ने कस्तो खालको हो नेपाली सेयर बजार