सनराइज बैंकले १५.८० प्रतिशत लाभांश दिने

काठमाडौं । सनराइज बैंकले सेयरधनीलाई १५.८० प्रतिशत लाभांश दिने भएको छ । मंगलबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७५/७६ को मुनाफा तथा सञ्चित रकम बाट बैंकका सेयरधनिहरुलाई १० प्रतिशत बोनस र बोनसमा लाग्ने कर सहित ५.८ प्रतिशत नगद लाभांश बाँड्ने भएको हो ।

 

यो वर्ष बैंकले अघिल्लो वर्ष दिएको लाभांशको तुलनामा ४.३० प्रतिशत धेरै लाभांश प्रस्ताव गरेको हो।अघिल्लो आर्थिक वर्ष २०७४/०७५ मा बैंकले ११.५० प्रतिशत नगद लाभांश वितरण गरेको थियो।

 

बैंकले चुक्ता पूँजीको १० प्रतिशत बराबर हुन आउने ८१ करोड ५२ लाख ५५ हजार ५८५ रुपैयाँ बोनस सेयरको रुपमा वितरण गर्ने छ। यस्तै, ५.८ प्रतिशत बराबरको हुन आउने ४७ करोड २८ लाख ४८ हजार २३९ रुपैयाँ नगद लाभांश दिने भएको छ ।

 

बैंक सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात मात्र शेयरधनीले पाउनेछन्।

बिगमार्टको चाडपर्वमा अफर : १ सय ७५ वस्तुमा छुट Read Previous

बिगमार्टको चाडपर्वमा अफर : १ सय ७५ वस्तुमा छुट

वायुसेवा निगमद्धारा ज्येष्ठ नागरिकलाई ५० प्रतिशत छुट दिने घोषणा Read Next

वायुसेवा निगमद्धारा ज्येष्ठ नागरिकलाई ५० प्रतिशत छुट दिने घोषणा