बिगमार्टको चाडपर्वमा अफर : १ सय ७५ वस्तुमा छुट

काठमाडौं । बिगमार्टले दशैं, तिहार तथा छठ लक्षित अफर सार्वजनिक गरेको छ । विगमार्टले आफ्नो ब्राण्डका १ सय ७५ वस्तुमा छुट अफर ल्याएको हो ।

 

मंगलवार एक विज्ञप्ति सार्वजनिक गर्दै विगमार्टले मुख्य आकर्षण अन्तर्गत सनफ्लावर तेल देखि जिरा मसिनो चामलसम्मका खाद्यान्नमा छुट अफर ल्याएकोे छ ।

 

विगमार्टका अनुसार अमृत सन फ्लावर तेलमा प्रतिलिटर ५ रुपैयाँ छुट, मुसुरो दालमा प्रतिकेजी १५ रुपैयाँ छुट, चिउरा प्रतिकेजी १० रुपैयाँ, रातो चना प्रतिकेजी ६ रुपैयाँ, डिडिसी घिउ प्रतिकेजी ५० रुपैयाँ, धारा तेल प्रतिलटिर १८ रुपैयाँ र चिनी प्रतिकेजी ७ रुपैयँका दरले छुट दिएको छ । यस्तै, जिरामसिनो चामलमा प्रतिबोरा १ सय २६ रुपैयाँ छुट गरिएको विगमार्टले जानकारी दिएको छ ।

 

विगमार्टले आफ्ना ३७ वटै शाखामा चाडपर्व लक्षित छुटको अफर गरेको हो । यसअघि विगमार्टले ९ वर्ष अघि यस्तै अफर ल्याएको थियो ।

 

सरकारले समेत निजी क्षेत्रलाई सुपथ मूल्य पसल सञ्चालनका लागि आह्वान गरेकोले चाडपर्वमा छुटसहित बजारमा आउन सजिलो भएको विगमार्टका आर्थिक प्रशासन प्रमुख विवेक देवले बताए ।

 

सरकारले गत भदौ २३ मा सहुलियत मूल्य पसल सञ्चालनमा ल्याउँदा वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचनले बताएका थिए ।

 

यसअघि सन् २००९मा काठमाडौंको कमल पोखरीस्थित सिटी सेन्टरमा पहिलो बिगमार्ट स्टोर सञ्चालनमा ल्याइएको थियो । विगमार्टले आफ्नो सञ्जाल विस्तार गर्दै लैजाने क्रममा हाल ३७ वटा शाखा सञ्चालन गर्दै आएको छ ।

 

यस्तै, विगमार्टले यही असोज ३ गतेदेखि ललितपुरको हरिसिद्धिमा नयाँ शाखा सञ्चालनमा ल्याउने भएको छ । विगमार्टले अबको दुई वर्षमा ६० वटा स्टोर सञ्चालनमा ल्याउने लक्ष्य बनाएको छ ।

नारायणगढ–मुग्लिन खण्डका १५ पुलको बोलपत्र आह्वान, ३ वर्षभित्र निमार्ण सम्पन्न हुने Read Previous

नारायणगढ–मुग्लिन खण्डका १५ पुलको बोलपत्र आह्वान, ३ वर्षभित्र निमार्ण सम्पन्न हुने

सनराइज बैंकले १५.८० प्रतिशत लाभांश दिने Read Next

सनराइज बैंकले १५.८० प्रतिशत लाभांश दिने