सरकारलाई सर्वोच्चको झड्का, गभर्नर निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश दिएको छ। मंगलबार अधिकारीले दिएको रिटको सुनुवाइ गर्दै सर्वोच्चले सरकारको उक्त निर्णय कार्यन्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।

 

न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले उक्त आदेश दिएको हो । सर्वोच्चको आदेशसँगै अब गभर्नर अधिकारीलाई भोलि (बुधबार)देखि काममा फर्कने बाटो खुलेको छ ।

 

साथै, सवोच्चले वैशाख १३ गते दुवै पक्षलाई छलफलका लागि बोलाएको छ । मन्त्रिपरिषद्को चैत २४ गते बसेको बैठकले अधिकारीमाथि छानबिन गर्न न्यायिक समिति गठन गर्दै उनलाई निलम्बन गरेको थियो ।

 

सरकारले आफूमाथि वदनियत राखेर पूर्वाग्राही ढंगले निलम्बन गरेको भन्दै अधिकारीले आइतबार सर्वोच्चमा रिट दायर गरेका थिए ।

सिटिजन्स बैंक खुला टेनिस वैशाख ११ देखि हुने Read Previous

सिटिजन्स बैंक खुला टेनिस वैशाख ११ देखि हुने

उल्टो बाटोमा सरकार : भुक्तानी सन्तुलन मिलाउन आयात ठप्प Read Next

उल्टो बाटोमा सरकार : भुक्तानी सन्तुलन मिलाउन आयात ठप्प