सेञ्चुरी बैंकले तल्लो चिरखुवा हाइड्रोइलेक्टीक प्रोजेक्टमा लगानी गर्ने

काठमडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले ४.०६ मेगावाटको तल्लो चिरखुवा हाइड्रोइलेक्टीक प्रोजेक्टको फाइनान्सियल क्लोेजर सम्पन्न गरेको छ ।

 

प्रदेश नम्बर १ को षडानन्द नगरपालिका भोजपुरमा अवस्थित यो जलविद्युत् परियोजना एलसी इनर्जी प्राइभेट लिमिटेडले पबर्वद्धन गरेको हो ।

 

तल्लो चिरखुवा चिरखुवा हाइड्रोइलेक्टी प्रोजेक्टमा सेञ्चुरी बैंकको एकल लगानी रहेको यस परियोजनामा बैंकको ऋण लगानी ७० प्रतिशत र बाँकी प्रर्बद्धकको लगानी रहेको छ ।

 

यस परियोजनाका प्रर्बद्धकमा दीपक राई, विश्वमोहन श्रेष्ठ, केदारनाथ कार्की, दावाजंग्मु श्रेष्ठ लामा तथा ग्रुप रहेका छन् । उक्त समूहले ४.७ मेगावाट क्षमताको उपल्लो चिरखुवा हाइड्रोपावर परियोजना निर्माण गरी विद्युत् उत्पादन गर्ने क्रममा रहेको छ ।

 

बैंकले हाल देशभरका १२९ शाखा १० एक्सटेन्सन काउन्टर, २४ शाखारहित बैंकिङ्ग र ११३ एटीएममार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।

एकीकृत समाजवादीको घोषणापत्र : खानेपानी र २०० युनिटसम्म बिजुली निःशुल्क (पूर्णपाठ) Read Previous

एकीकृत समाजवादीको घोषणापत्र : खानेपानी र २०० युनिटसम्म बिजुली निःशुल्क (पूर्णपाठ)

सिटिजन्स बैंक खुला टेनिस वैशाख ११ देखि हुने Read Next

सिटिजन्स बैंक खुला टेनिस वैशाख ११ देखि हुने