एकीकृत समाजवादीको घोषणापत्र : खानेपानी र २०० युनिटसम्म बिजुली निःशुल्क (पूर्णपाठ)

काठमाडौं । स्थानीय तहको निर्वाचन नजिकिएसँगै राजनीतिक दलहरुले चुनावी घोषणापत्र सार्वजनिक गर्न थालेका छन् । यसैबीच, नेकपा एकीकृत समाजवादीले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ ।

 

मंगलबार राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा अध्यक्ष माधवकुमार नेपालले पार्टीको चुनावी घोषणापत्र सार्वजनिक गरेका हुन् ।एकीकृत समाजवादीले घोषणापत्रको नारा जनमुखी स्थानीय सरकार विकास र समृद्धिको आधार दिएको छ ।

 

समाजवादीले घोषणापत्रमा सर्वसाधारणलाई खानेपानी निशुल्क गर्ने, २०० युनिटसम्म बिजुली निःशुल्क दिने घोषणा गरेको छ । त्यस्तै स्थानीय सरकारको बजेटको पहिलो प्राथमिकतामा स्वास्थ्य राख्ने पनि उल्लेख गरिएको छ ।

 

यस्तै, प्रशासनिक खर्च कटाऔँ, साधारण खर्च घटाऔँ, विकास खर्च बढाऔँ’ भन्ने नाराका साथ फजुल खर्च नियन्त्रण गरी प्रशासनिक खर्च कटाउने, साधारण खर्च कम गर्ने र विकास खर्च (पूँजीगत खर्च) बढाउने काम गर्ने घोषणा गरेको छ ।

 

यसैगरी, हरेक पालिकाले विभिन्न तरिकाले कब्जा गरिएका सार्वजनिक जमिनको खोजी गर्ने, भूमाफियाहरूद्वारा कब्जा गरिएका सार्वजनिक जमिनलाई फिर्ता ल्याउने उल्लेख छ ।

 

यस्तो छ घोषणापत्रको पूर्णपाठ

 

 

असारसम्म थप २५२ मेगावाटका आयोजना सम्पन्न हुने, यी हुन् अन्तिम चरणमा पुगेका २० हाइड्रोपावर Read Previous

असारसम्म थप २५२ मेगावाटका आयोजना सम्पन्न हुने, यी हुन् अन्तिम चरणमा पुगेका २० हाइड्रोपावर

सेञ्चुरी बैंकले तल्लो चिरखुवा हाइड्रोइलेक्टीक प्रोजेक्टमा लगानी गर्ने Read Next

सेञ्चुरी बैंकले तल्लो चिरखुवा हाइड्रोइलेक्टीक प्रोजेक्टमा लगानी गर्ने