काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नागरिक एपमार्फत अनलाइन खाता खोल्न सक्ने सुविधा ल्याएको छ । बैंकले आफ्नो स्थापनाको १५ औं वार्षिकोत्सवको उपलक्ष्यमा यस्तो सुविधा ल्याएको हो ।
बैंकले १५ औं वार्षिकोत्सव वैशाख ७ गते मनाउँदै छ । नागरिक एपमार्फत खाता खोल्नका लागि ग्राहकहरुले बैंकको वेबसाइटमा गएर नागरिक एप मार्फत अनलाइन खाता खोल्ने सेवा छनोट गर्नुपर्ने छ । त्यसपछि स्क्रीनमा देखिएको क्यूआर कोडलाई नागरिक एप बाट स्क्यान गर्नु पर्ने हुन्छ।
सो प्रकिृया पूरा गरिसकेपछि सो एपमा भएको व्यक्तिगत विवरणहरु आफै अनलाइन फर्ममा भरिनेछन् र बाँकी विवरण भरी ग्राहकहरुले सजिलै अनलाइन खाता खोल्न सक्नेछन् ।
ग्राहकको वित्तीय आवश्यकताहरु सुरक्षित तवरले प्रदान गर्ने अभिप्रायका साथ यस अघि नै बैंकले ईकेवाईसी तथा कियोस्क सेवाको सुरुआत गरिसकेको छ ।
कियोस्क मार्फत प्रारम्भिक रुपमा ग्राहकहरुले आफ्नो बैंक खाताको विवरण हेर्ने, बैंक खाताको स्टेटमेन्ट प्रिन्ट गर्ने, क्लियरिङ्ग चेक डिपोजिट गर्ने, एटीएम तथा बैंकका शाखाको विवरणहरु प्राप्त गर्ने जस्ता सेवा बैकका कर्मचारीको सहयोग बिना नै प्राप्त गर्न सक्नेछन् ।
साथै यस बैंकका ग्राहकहरुको बैंक सम्बन्धी जिज्ञासा तथा समस्याहरुको छिटो भन्दा छिटो समाधान प्राप्तहोस् भन्ने उद्देश्यले ग्राहक साहायता केन्दको समेत स्थापना गरिसकेको छ ।
बैंकले हाल देशभरका १७४ वटा शाखा, १२५ वटा एटीएम र ९३ वटा शाखा रहित बैंकिङ्ग इकाईहरुबाट १३ लाखभन्दा बढी ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।